पनौतिमा बसले ठक्कर दिंदा पैदलयात्रीको घट्नास्थलमै मृत्यु

२५ मंसिर २०७५
पनौति । काभ्रे जिल्लाको पनौति–३, चाम्लेमा पैदलयात्रीलाई बसले ठक्कर दिंदा पैदलयात्रीको घट्नास्थलमै मृत्यु भएको छ ।

पनौतिबाट मानेदोबान जाने क्रममा बा ३ ख २०३ नम्बरको बसले प्रदल यात्रीलाई एक्कासी ठक्कर दिंदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । मृत्यु हुनेमा पनौति–३, चाम्ले निवासी रामकृष्ण श्रेष्ठ रहेका छन् ।

मृतक श्रेष्ठको लास पोष्टमार्टमको लागि शिर मेमोरियल अस्पताल बनेपामा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।