काभ्रे । आगामी पौष ९ गते काभ्रे जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्ने भएको छ ।
जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिती, काभ्रेको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति, काभ्रेका अध्यक्ष तथा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धब के.सी.को अध्यक्षतामा बैठक बसेको बुझिएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी, १३ वटा स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृत, बिषयगत कार्यालयका प्रमुख तथा सरोकारवालाहरुको उपस्थिति रहेका थिए ।
त्यसैगरि बैठकले काभ्रेको खुल्ला दिशा मुक्त घोषणा गर्न बाँकी रहेको ५ वटा गाउँपालिका र नगरपालिकालाई पौष ५ गतेभित्र घोषणा गर्ने निर्णय गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















