२६ मंसिर २०७५
काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका वडा नं. ४ स्थित बाँसघारीमा सवारी दुर्घट्नामा परि एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बनेपाबाट धुलिखेल तर्फ आउँदै गरेको ना ४ ख ९२२१ नं.को बसले सोही दिशाबाट आउँदै गरेको बा ८३ प ३३५४ नं.को मोटरसाईकललाई ठक्कर दिंदा उनको मृत्यु भएको हो ।
अरनीको राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल(५ स्थित बाँसघारीमा बसले ठक्कर दिंदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटर साइकल सवार धुलिखेल नगरपालिका वडा नं. ३ कुत्ताल निवासी २० वर्षिय सन्त तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीका अनुसार दुर्घट्नामा गम्भिर घाईते भएको तामाङको मृत्यु धुलिखेल अस्पतालमा भएको थियो ।
घट्ना पछि प्रहरीले ठक्कर दिने उक्त बस र बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको डिएसपी गिरिले तेमाल अनलाईनलाई बताए ।






















