सन्तवीर लामा
२६ मंसिर २०७५,
धनकुटा । धनकुटा नगरपालिका वडा नं.७ घर भएका वर्ष १२ का हेलिज डंगोल वुधवार अपहरणकारीले अपहरण गर्ने प्रयासवाट वचेका छन् । उनलाई अपरिचत युवाले मुखमा माक्स लगाएर अपहरण गर्ने प्रयास गरेको पाइएको छ ।
उनी धनपा वडा नंं.७ स्थित् तमोर भ्याली सेकेण्डेरी वोर्डिङ्ग स्कुलमा कक्षा ३ मा अध्ययनरत छन् । उनी वुधवार सधैं कै समयमा विद्यालय गएका थिए । विद्यालयमा सधैं झै एसेम्व्ली हुनु भन्दा केही समय अघि एक अपरिचत मुखमा माक्स लगाएर आएका थिए । उनले तिम्रो दिदि स्वास्तिका विराटनगरमा एक्सीडेन्ट परेर विपिमा आइसीयूमा राखेको छ, तिमिलाई लिएर आउनु भनेर भनेको १२ वर्षिया हेलिजले वताए ।
दिदि एक्सिडेन्ट परेको खवर आएपछि उनी विद्यलायका शिक्षिका गीता खत्रीलाई भनेर ति अपरिचत युवासंग जान लाग्दा शिक्षाका खत्रीले जान दिइन्न । खत्रीले भनिन्–म आफै अभिभावकसम्म पु¥याई दिन्छु अनी लानु होला भनेर ती अपरिचित युवालाई भने पछि विद्यालयवाट एक छिन रोकेका थिए । त्यस पछि हेलिजलाई लाने विषयमा विद्यलायका फाउण्डर देविका लुईटेलसंग अनुमती लिएर मात्र लाने शिक्षिका खत्रीले वताईन । अनुमती पछि ती अपरिचत युवालाई स्कुटीम खत्रीले राखे भने हेलिजलाई शिक्षिका पुजा श्रेष्ठले पु¥याउन आउने क्रममा मदनचोकवाट ती युवा स्कुटी रोक्न लगाएर फरार भएको शिक्षिकाले वताईन ।
ति अपरिचत युवा हत्तार हत्तार फरार भएपछि विद्यालयका शिक्षिकाहरुलाई थाहा भयो ती युवा त अपहरणकारी पो रहेछन् भनेर थाहा पाएको खत्रीले वताईन । ति अपरिचत युवाले वालक हेलिजको झोला समेत वोकेका थिए । त्यो झोला भने ती युवाले मदनचोकको पौडेल होटेलमा छोडेर फरार भएका रहेछन । यसरी १० वजे पछि धनकुटा वजार सो घट्नाले एकाएक तातिएको थियो । शिक्षिका खत्री र श्रेष्ठले विद्यलाय र वालकका अभिभावकलाई खवर गरे पछि अपहरणको प्रयास गरिएको घट्ना वाहिर आएको थियो ।
हेलिजका वुवा राजकुमार डंगोलले आफ्नो वच्चालाई विद्यालयवाटै अपहरण गर्न खोज्नेलाई कार्वाही गर्न स्थानिय प्रशासनसंग माग गरेका छन् । उनले वुधवार नै घट्नाको विषयमा विद्यालयसंग मिलेर जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दिएका छन । विदालयका प्रिन्सिपल दुर्गा प्रसाद लुईटेलले आफ्नो विाद्यालयमा यस्तो खाले घट्ना कहिले पनि नभएको ब्लाष्टलाई वताए । उनले अपराधि मनसायले विद्यालयबाट विद्यार्थिलाई अपहरणको शैलीमा लाने प्रयास भएको भन्दै दोशी उपर कडा भन्दा कडा कार्वाहीको माग गरेका छन् ।
घटनामा सम्लग्नलाई प्रहरीले खोजि कार्य तिब्र पारेको जिल्ला प्रहरी प्रमुख उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिएका छन् । सम्लग्न व्यक्ति व्यवशायिक अपहरणकारी हुन नसक्ने प्रहरीको दावी छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।






















