कार यात्री लिसा प्यालेट

२६ मंसिर २०७५
बौद्ध । दक्षिण अफ्रिकीका साहसिक आरोहीको एक टोली कार यात्रा गरी मंगलबार बिहान काठमाडौ आइपुगेको छ ।

साहसिक यात्रा गर्दै आएका दक्षिण अफ्रिकी नागरिक लिसा म्यालेट नेतृत्वको टोली कारबाट १७ हजार किलोमिटर दूरी पार गरी मंगलबार बिहान ८ बाजे बाैद्धमा आइपुगेको हो ।

दक्षिण अफ्रिकाको पर्यटकीय नगरी केप टाउनबाट सुरु गरिएको उनीहरुको कार यात्रा झण्डै ६ महिना लगाएर नेपालको धर्मिक स्थाल बाैद्धमा आएर सम्पन्न भएको छ ।

त्यसक्रममा उनीहरुले केप टाउनको पानी काठमाडौंको बौद्धनाथलाई हस्तान्तरण गरेका छन । नेपाल विश्वकै सुन्दर र शान्त देश भएकाले कार यात्राको आफ्नो गन्तव्य पनि नेपाललाई चयन गरिएको टोली नेता मिलेटले जानकारी दिनुभयो । टोलीलाई बौद्धनाथमा नेपाल–दक्षिण अफ्रिका काउन्सिलका अध्यक्ष प्रदीपकुमार श्रेष्ठ र बुद्ध धर्मका गुरुहरुले स्वागत गरेका थिए ।

कार यात्री लिसा म्यालेटलाई धर्म गुरुबाट स्वागत गर्दै

टोलीले पर्यटन प्रवद्र्धनका लागि नयाँ–नयाँ गन्तव्य देशको भ्रमण गर्ने गरेको छ । यसैबीच, नेपाल–दक्षिण अफ्रिका काउन्सिलको सो टोलीको नेपाल आगमनले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।

गएको जुलाई १८ बाट केप टाउनबाट सगरमाथाको देश हिँडेको साहसिक यात्राको टोली मंगलबार काठमाडौं बाैद्धमा आइपुगेको हो । टोलीले अफ्रिका–यूरोप हुँदै एसियाको नेपालसम्मको भ्रमण तय गरेको थियो ।

केप टाउनको पानी काठमाडौंको बौद्धनाथमा चढाउदै

टोलीले नेपाल आइपुग्न १९ वटा देशको भ्रमण गरेको छ । टोलीले इटालीका व्यापारी तथा लेखक मार्को पोलोको बाटो पहिल्याउँदै टर्की–इरान–तुर्केमिस्तान–उज्वेकिस्तान–चीन हुँदै नेपालसम्मको यात्रा तय गरेको थियो । त्यसै अनुसार अफ्रिकाको टोली नेपाल आइपुगेको हो ।

टोलीले पर्यटन प्रवद्र्धनका लागि नयाँ–नयाँ गन्तव्य मुलुकको भ्रमण गर्ने गरेको छ । यसैबीच, नेपाल–दक्षिण अफ्रिका काउन्सिलको सो टोलीको नेपाल आगमनले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।

काउन्सिलका अध्यक्ष प्रदिपकुमार श्रेष्ठले टोलीको सो कार यात्राले नेपालको पर्यटन क्षेत्रको विकासमा सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।

काउन्सिलले कार यात्रामा आएका म्यालेट नेतृत्वको टोलीलाई सम्मान पनि गरेको छ । त्यस अवसरमा पनि कार यात्राका टोली नेता म्यालेटले नेपालको सुन्दरताले आफूलाई तानेको बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।