२७ मंसिर २०७५
काभ्रे । कभ्रेमा जनप्रतिनिधि नै बालुवा तस्करीमा संलाग्न भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
भुम्लु गाउँपालिका– ६ वडा सदस्य यसरी बालुवा तस्करीमा लागे पछि उनलाई पक्राउ गरेको हो । सुनकोशी नदी किनारामा अवैध रुपमा बालुवा उत्खनन् गरीरहेको अवस्थामा वडा सदस्यसहितको टोली नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रबिराज खडका अनुसार भुम्लु गाउँपालिका ६ का वडा सदस्य लोक बहादुर माझीको टोलीलाई पक्राउ गरेको छ । प्रहरीले वडा सदस्य माझीसहित आधा दर्जन भन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।
एक हजार टिप बालुवा चोरी –गापा अध्यक्ष कुँवर
यस सम्बन्धमा भुम्लु गाउँपालिका अध्इक्ष गुमान ध्वज कुँवरले एक हजार टिप बालुवा चारी भएको अनुभान गरेका छन् । ‘को हो गिरोह थाहा छैन, गाउँपालिकाले बोलपत्र गरेको छ’–गाउँपालिका अध्यक्ष कुँवरले भने–‘झण्डै एक हजार टिप बालुवा चोरी भएको छ । केही ट्रक विक्री भएको छ भने केहि थुपारिएको अवस्थामा फेला परेको छ ।’
गाउँपालिका अध्यक्ष कुँवरले गाउँपालिकाले कानुनी रुपमा बोलपत्र गर्न आव्हान गरे लगत्तै खोलाबाट बालुवा उत्खनन् सुरु भएको बताए ।