२७ मंसिर २०७५ काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. २ बुच्चाकोट स्थित विपी राजमार्गमा हाईस गाडी दुर्घट्ना भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार विहान ५ः१५ बजे भएको दुर्घट्नामा ४ जना यात्रु घाईते भएका छन् भने अन्य सकुसल नै रहेका छन् । गाडीमा १३ जना यात्रु सवार थिए । धनकुटा हिलेबाट काठमाडौं तर्फ आउँदै गरेको बा ५ ख २२९७ नं.को हाइई गाडी तीब्र गतिमा चलाएकोले अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेको यात्रुहरुलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ । घाइतेहरुका धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । दुर्घट्नामा परि घाइते हुनेहरुमा धनकुटा–५ का वर्पत परियार, दमक–५ झापाका कमल बहादुर बस्नेत, जिरी–२ दोलखा बस्ने मानबहादुर बुढाथोकी र उनका छोरा उद्धबबहादुर बुढाथोकी रहेका छन् ।

२७ मंसिर २०७५
काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. २ बुच्चाकोट स्थित विपी राजमार्गमा हाईस गाडी दुर्घट्ना भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार विहान ५ः१५ बजे भएको दुर्घट्नामा ४ जना यात्रु घाईते भएका छन् भने अन्य सकुसल नै रहेका छन् । गाडीमा १३ जना यात्रु सवार थिए ।

धनकुटा हिलेबाट काठमाडौं तर्फ आउँदै गरेको बा ५ ख २२९७ नं.को हाइई गाडी तीब्र गतिमा चलाएकोले अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेको यात्रुहरुलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ । घाइतेहरुका धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घट्नामा परि घाइते हुनेहरुमा धनकुटा–५ का वर्पत परियार, दमक–५ झापाका कमल बहादुर बस्नेत, जिरी–२ दोलखा बस्ने मानबहादुर बुढाथोकी र उनका छोरा उद्धबबहादुर बुढाथोकी रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।