२८ मंसिर २०७५
तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. २ मा वडा स्तरीय शिक्षा समिति गठन गरेको छ ।

तेमाल गाउँपालिकाको विद्यालय कार्यविधि–२०७५ को दफा ८ वमोजिम वडा शिक्षा समिति गठन गरेको वडा अध्यक्ष तिमाल सिं तामाङले तेमाल अनलाईनलाई जानकारी दिए ।

तेमाल गापा वडा नं. २ मा शिक्षा समिति गठन

विद्यालय कार्यविधि अनुसार वडा अध्यक्ष नै वडा शिक्षा समितिको संयोजक हुने व्यवस्था अनुसार नै वडा अध्यक्ष तिमाल सिं तामाङको संयोजकत्वमा ९ सदस्यीय वडा शिक्षा समिति गठन गरेको छ ।

सदस्यहरुमा महिला वडा सदस्यबाट पार्वती श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मध्यबाट ज्यामयाङ लामा, विद्यालयको प्रअहरु मध्यबाट विरनन्द तामाङ, वडाको महिलाहरु मध्यबाट श्रीमाया तामाङ, समाजसेवी मध्यबाट शंकरमान तामाङ र सदस्य सचिवमा वडा सचिव नै हुने व्यवस्था अनुसार कान्छा लामा रहेका छन् । दलित र शिक्षक महासंघमा भने खाली राखेको छ ।

तेमाल गाउँपालिकाले यो मंसिर मसन्तसम्ममा सबै वडामा वडा शिक्षा समिति गठन गर्न योजनामा रहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।