बाैद्ध– श्री बुद्ध डाकिनी श्रद्धेय धर्मगुरु आर्यामा साङ्गे खाण्डो तामाङ रेन्पोछेबाट शनिबार कपन फैंका स्थित सोलु डाँडा, फ्यामीली होमस्टैमा धर्म प्रवचन हुने भएको छ ।
संसारीक प्राणी जगत र कल्याण हितको निमित्त विश्व शान्तिका महा नायक भगवान बुद्धले प्रतिपादन गर्नु भएको बौद्ध दर्शन संरक्षण सम्बर्दन र बिकास गर्नु को निम्ति श्री बुद्ध डाकिनी श्रद्धेय धर्म गुरू अार्यामा साङ्गे खाण्डो रिन्पोछे ज्यूद्धारा तेस्रो पटक ३७ जीनपुत्र अाचरण नामक बौद्ध ग्रन्थबाट धर्म प्रवचन हुन गइरहेकाे हाे ।
फ्यामीली होमस्टैकाे अायाेजनमा कार्यक्रम मंसिर २९ गते शनिबार कपन फैंका सोलु डाँडा, फ्यामीली होमस्टैमा धर्म प्रवचन दिने भएको छ । खाण्डो तामाङ रेन्पोछेले ३७ जिनपुत्रको पहिलो भाग प्रवचन मंसिर ०८ गते र दाेस्राे भाग मंसिर २२ गते दिनुभएकाे थियाे ।
प्रवचन कार्यक्रम दिउसो १२ः३० मा सुरु हुने भएको छ । विशेष गरि अहिलेका युवायुवती तथा नयां पुस्ताहरुले सुन्न अतिअवश्यक रहेकोले उक्त कार्यक्रममा युवायुवती बुद्ध धर्म प्रति अस्थावन ब्यक्तिहरुमा र श्रद्धालु भक्तजनहरुमा उपस्थितकाे लागि धर्म गुरु पाल्साङ नाेर्वु तामाङले तेमाल अनलाईन मार्फत अनुरोध समेत गरेका छन् ।






















