२८ मंसिर २०७५
काभ्रे । सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काभ्रेको विकट क्षेत्र कोशीपारी र डाँडापारीका सबै विद्यालयहरुमा आगामी बैशाख १ गतेबाट फ्रि इन्टरनेट सहित कम्प्युटर वितरण गर्ने बताएका छन् ।
स्वर्णिम सरस्वती युवा क्लब चौरिदेउरली–४, काभ्रेको आयोजनामा ६ मासिक रचनात्मक कार्यक्रम उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।
‘अब कोशीपारी र डाँडापारीका सबै विद्यालयमा फ्रि इन्टरनेट सहितको कम्प्युटर वितरण गर्ने छ ।’ मन्त्री बास्कोटाले भने, ‘सबै विद्यालय प्रविधि युक्त विद्यालय बनाउने सरकारको योजना अब कार्यन्वयन हुन्छ ।’
एक थरी मान्छेहरु सरकारको उठ्दा पनि बिरोध सुत्दा पनि बिरोध गरेको भन्दै मन्त्री बाँस्कोटाले २२ वर्षसम्म सरकार चलाउनेहरुले अहिलेको समस्या नदेखेको प्रति दुःख व्यक्त गरे ।
‘सामाजिक सुरक्षा भत्ता अब आवश्यक छैन’
कार्यक्रममा मन्त्री बाँस्कोटाले योगदानमा आधारित पेन्सन योजना लागु भएपछि सामाजिक सुरक्षा भत्ताको पनि आवश्यक नरहेको बताए । ‘सामाजिक सुरक्षा भत्ता पाँच बर्ष भित्र ५ हजार पु¥याउने भनेको हो । ५ सय भत्ता बढाउनु भन्दा १ लाखको स्वास्थय विमा गर्नु उचित छ । हामीले त्यही ग¥यौं ।’ उनले भने, ‘ योगदानमा आधारित पेन्सन लागू भएपछि भत्ता नि चाहिदैन ।’
निजि क्षेत्रले जनताको पैसा चलाएको बताउँदै उनले कर्पोरेटको सँस्कृतिको खुलासा गरे । ‘नेपाल टेलिकमले १ रुपियाँ लिने डाटा सर्भिस एनसेलले ३ रुपिया लिन्छ । यहीं नै हो त कर्पोरेटको कल्चर ।’ मन्त्री बाँस्कोटाको प्रश्न थियो ।






















