‘हामीले चुनावी प्रतिबद्धता धमाधम पूरा गर्दैछौं’ –सांसद बमध्वज

२८ मंसिर २०७५
काभ्रे । काभ्रे जिल्ला प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले आफूहरुले चुनावमा जनाएको प्रतिबद्धता धमाधम पूरा गर्दै गरेका दावी गरेका छन् ।

शुक्रबार स्वर्णिम सरस्वती युवा क्लबले आयोजना गरेको ६ मासिक रचनात्मक कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्दै संघीय सांसद बमध्वजले उक्त दावी गरेका हुन् ।

हामीले चुनाबी प्रतिबद्धता अनुसार नै सडक र खानेपानीको काम भइरहेको बताए ।

‘तेमालमा खानेपानी अभाब मुक्ता हुनेछ, डाडापारी र सदरमुकाम जोड्ने बाटो निर्माण हुँदैछ । बिद्युत प्रसारण गर्दैछौ ।’ उनले भने, ‘निर्वाचनमा तपाईहरु सामु जे–जे प्रतिबद्धता जाहेर गरेका छौं, हामी कार्यन्वयन गर्ने अभियानमा नै छौ ।’

विरोधीहरुको हल्लाले निराश नहुन आम जनतालाई आव्हान गर्दै सांसद बमध्वजले प्रश्न गरे, ‘२२ बर्ष सरकार सन्चालन गर्दा केही पनि गर्न नसक्ने अनि ९ महिनामा सक्छ ?’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।