यु ए ई । काभ्रेको कोशिपारी चौरीदेउराली गाउँपालिका वडा नं – ०३ दमराकी डोल्मा तामाङको हिजो बेलुकी यु ए ईमा अत्यधिक रक्ताचापको कारण नशा फुटेर मस्तिष्कघात भई उपचारको क्रममा मृत्यु भएको छ ।

बैदेशिक रोजगारको शिलशिलामा यु ए ई को अबुधाबी स्थित ईम्कोर फ्यासिलिटि मेनेजमेन्ट कम्पनीमा बिगत ५ वर्ष देखि काम गदै आएकी थिइन् ।
डोल्मा तामाङ करिब एक महिना अगाडि आफ्नो बैदेशिक रोजगारको यात्रालाई अन्त्य गरेर नेपाल फर्कने तयारीमा थिइन् ।
मृतको पार्थिव शरीर हाल नेपाल लाने क्रममा नै रहेको निजका श्रीमान पन्छवीर तामाङले बताए।

डाक्टरको अनुसार मृतक डोल्मालाई प्यारालाईसिस र दिमागको नशामा समस्या भएको बताएका छन्। मृतकको दाजु फुर्बा योञ्जनले बताए अनुसार कम्पनीबाट मृतकले पाउनु पर्ने सम्पूर्ण क्षतिपुर्ति पाउने मौखिक जानकारी भएको छ ।
मृतकको १४ बर्षिय एक छोरा हाल नेपालमा कक्षा ९ मा अध्ययनरत छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।