काभ्रे कोशिपारीको क्षेत्रमै ठूलो धनराशी सहित प्रतियोगिता भएको यो पहिलो पटक हो ।

सुसन सापकोटा (विज्ञान)
३ पौष २०७५, काभ्रे । जिल्लाको चौरीदेउराली गाउँपालिकामा सम्पन्न मावि स्तरीय भलिवल प्रतियोगितामा जागृती मावि प्रथम भएको छ । जीतसँगै उक्त विद्यालयले नगद एक लाख रुपैयाँ समेत हात पारेका छ ।

चौरीदेउराली गाउँपालिकामा गत २८ गते सुचना, सञ्चार तथा प्रविधि मन्त्री एवं सरकारका प्रबक्ता गोकुल बास्कोटाले उद्घाटन गरेका ६ मासिक रचनात्मक कार्यक्रम अन्तर्गतको पहिलो खेल कार्यक्रम अन्तर्गत मा.वि. स्तरिय भलिबल प्रतियोगितामा जागृती मा.वि.ले नगद एक लाख सहित उपाधी हात पारेको हो ।

काभ्रे कोशिपारीको क्षेत्रमै ठूलो धनराशी सहित प्रतियोगिता भएको यो पहिलो पटक हो ।

सरस्वती मा वि लाई सोझो सेटमा २–० सेटले पराजित गर्दै जागृती मा.वि.को टीम बी प्रथम भएको थियो ।

१० वटा टिम सहभागी भएको खेलमा सरस्वती मा.वि टिम सी द्वितिय र सरस्वती मा.वि. टिम बी दोश्रो भएको छ ।

सबै टीम नगद सहित पुरस्कृत

विजेता टीमहरुलाई चौरीदेउराली गाउँपालिका अध्यक्ष दिनानाथ गौतमले बधाई ज्ञापन गर्दै प्रमाण–पत्र वितरण गरेका थिए ।
प्रथम हुने जागृती मावि टीम बीलाई अध्यक्ष गौतमले १ लाख नगद प्रदान गरका थिए भने द्वितिय हुने सरस्वती टिम सीले नगद ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र र तृतीय हुने सरस्वती मावि टिम बीले नगद २५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरि प्रतियोगितामा उत्कृष्ट खेलाडिमा जागृती मा.वि.का शैलेन्द्र शाही, उत्कृष्ट सटरमा सरस्वती माविका सुदिप तिमल्सिना, उत्कृष्ट डिफेन्डरमा सरस्वती मा विका बिमल मगर, उत्कृष्ट ब्लकरमा जागृती माविका प्रबिन मल्लले मेडल हात पारेका छन ।

प्रतियोगिताको आयोजना स्वर्णिम सरस्वती युवा क्लब चौरीदेउराली–४ ले गरेका थिए । क्लबका अध्यक्ष दिपक गौतमका अनुसार क्लबले अब ६ महिनासम्म बिबिध रचनात्मक कार्यक्रमको आयोजा गरिने छ ।

काभ्रे कोशिपारीको क्षेत्रमै ठूलो धनराशी सहित प्रतियोगिता भएको यो पहिलो पटक हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।