मण्डनदेउपुर नपा–२ मा अस्थायी प्रहरी चौकी स्थापना

३ पौष २०७५
काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. २ अस्थायी प्रहरी चौकी स्थापना भएको छ । नगरकोटदेखि साविकको वालुवापाटी देउपुरको अट्टेडाँडामा समग्र सुरक्षालाई मध्यनजर गर्दै प्रहरीचौकी स्थापना गरिएको हो ।

मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवाको नेतृत्वमा जनताको सुरक्षा र समस्यामा प्रहरीको आवश्कता महसुस गर्दै प्रहरी चौकी स्थापना गरिएको बताएको छ ।

प्रहरीचौकीलाई आवश्यक पर्ने फर्निचर, एक थान मोटरसाईकल, पकाउन आवश्यक रहेको भाँडाकुँडाको समेत व्यवस्थापन मण्डनदेउपुर नगरपालिकाले गरेको नगरपालिकाले जानकारी दिएको छ । त्यसैगरि प्रहरीचौकीलाइ आवश्यक रहेको भवन समेत नगरले उपलब्ध गराएको छ ।

मण्डनदेउपुर नपा–२ मा अस्थायी प्रहरी चौकी स्थापना

प्रहरी चौकी स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख टोकबहादुर वाईवाले आवश्यकताको आधारमा प्रहरीचौकी स्थापना गरिएको बताए । उनले नाल्दुमका जनतालाई सानोभन्दा सानो काम परेपनि नाला प्रहरीचौकी वा हिगुवाटीपाटी जानु पर्ने बाँध्यताको अन्त्य भएको सुनाउँदै नगरकोटमा हुन सक्ने आपराधिक कृयाकलाप रोक्न प्रहरी चौकी सहयोगी हुने विश्वास व्यक्त गरे ।

प्रहरीचौकी स्थापना हुने भएपछि आफूलाई धेरैले राम्रो काम गरेको भनेर फोन गरेको केहीले किन प्रहरी चौकी चाहियो भनेर समेत प्रश्न गरेको नगर प्रमुख वाईवाले बताए । उनले नगरका अरु ठाँउहरुमा समेत प्रहरीचौकी स्थापना गर्न लागेको बताए । उनले सबैको सहयोगमा आवश्यक रहेको ठाँउमा चौकी स्थापना गर्ने सुनाए ।

अस्थायी प्रहरी पोष्ट हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी काभे्रका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले प्रहरी जनताको सेवक भएको बताउँदै जनताका हरेक सुखदुखमा प्रहरीले निरन्तर सेवा दिने बताए । उनले यहाँको आवश्यकता सुरक्षाको दृष्टिकोणवाट प्रहरीचौकी स्थापना गरेको बताउँदै आगामी दिनमा स्थायी चौकी बनाउन आवश्यक पहलकदमी गर्ने बताए ।

काभ्रेका प्रहरी प्रमुख एसपी रविराज खड्काले चीनसँग सिधै नाका पर्ने र विभिन्न देशवाट आउने पर्यटकहरुको सुरक्षाको लागि र चोरी निकासी नहोस् भन्ने उदेश्यले प्रहरी चौकी स्थापना गरेको बताए ।

नगरका सल्लाहकार गोकुल गौतमले नगरकोटहुँदै सिपाघाटवाट अवैध गतिविधी हुने भएकाले त्यो कार्य रोक्न प्रहरी चौकी फलदायी हुने बताए । कार्यक्रममा बोल्दै वडा नं ६ का अध्यक्ष एंव मण्डन देउपुर नगरपालिकाका प्रवक्ता डिल्ली आचार्यले सबैको सहयोगवाट नगर अघि बढेको बताए ।

Comments

comments