३ पौष २०७५
तेमाल । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ६ मा वडा शिक्षा समिति गठन भएको छ ।
उक्त शिक्षा समिति तेमाल गाउँपालिकाको विद्यालय शिक्षा कार्य्विधि–२०७५ को दफा ८ वमोजिम वडा शिक्षा समिति गठन भएको वडा अध्यक्ष विकुलाल तामाङले तेमाल अनलाईनलाई जानकारी दिएको छ ।

आइतबार गठन भएको शिक्षा समिति वडा अध्यक्ष बिकु लाल तामाङको संयोजकत्वमा ९ सदस्यीय रहेको छ ।
समितिको सदस्यहरुमा वडा सदस्यबाट सुर्य मान तामाङ, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मध्यबाट अजय कुमार तामाङ, विद्यालयको प्रअहरु मध्यबाट सुमन राना मगर, वडाको महिलाहरु मध्यबाट ईश्वरि मैया तामाङ, समाजसेवी बुद्धिजीवी मध्यबाट सत्तर सिङ तामाङ, दलित मध्यबाट केशब रसाईली, शिक्षक महासंघबाट पासाङ लामा र सदस्य सचिबमा राज कुमार तामाङ रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















