प्रदेश ३ का कृषि मन्त्री लामाले भने, ‘खृस्ट्मस उत्सव मनाउन कसैले रोक्न मिल्दैन’

प्रकाश तामाङ
३ पौष २०७५
चितवन । प्रदेश ३ का कृषि मन्त्री दावा दोर्जे लामाले खृष्टमस उत्सव मनाउन कसैले रोक्न नमिल्ने विचार व्यक्त गरेका छन् ।

मंगलबार क्रिश्चयन धर्मोलम्बीहरुले ख्रीस्ट्मसको अबसरमा पुर्वी चितवनस्थित बिरेन्द्रनगरमा आयोजना गरेको २०७५ को ख्रीस्ट्मस शुभकामना आदानप्रदान कार्यक्रम मन्त्री लामाले उक्त विचार व्यक्त गरेका हुन् ।

‘नेपाल धर्म निरपेक्ष घोषित भैसकेकोले नेपालमा जुनसुकै धर्म मान्न पाउने अधिकार सबै जनतामा रहेको छ ।’ मन्त्री लामाले भने, ‘क्रिश्चियनहरुले पनि आफ्नो धर्म अनुसारको खृस्ट्मस उत्सव मनाउन कसैले रोक्न मिल्दैन ।’ लामाले चितवनभित्र मात्र नभई नेपालमा रहेका सम्पुर्ण क्रिश्चियन धर्मावलम्बीहरुलाई बडा दिन ख्रीस्टमसको शुभकामना समेत ब्यक्त गरे ।

प्रदेश ३ का कृषि मन्त्री लामाले भने, ‘खृस्ट्मस उत्सव मनाउन कसैले रोक्न मिल्दैन’

छिमेकी मन्डली प्रार्थना संजालले आयोजना गरेको ख्रीस्ट्मस उत्सव २०७५ को शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख बक्ता काठमाडौका रे. पास्टर बिजय कर्माचार्यले येशु ख्रीस्ट्को जन्म दिनको उत्सव नै ख्रीस्ट्मस रहेको र संसारमा सबै पापीको उद्दार गर्नलाई यस संसारमा जन्म लिएको बताए । उलने पबित्र धर्मशास्त्र बाईबल अनुसार दावीका साथ प्रबचन दिदै यो ख्रीस्ट्मसले नेपालमा शान्ति र सुब्यबस्था हुनेमा पुर्नबिश्वास र प्रार्थना सहित सबैलाई ख्रीस्ट्मसको शुभकामना दिए ।

कार्यक्रममा बिशिस्ट अतिथिहरु पुर्व सांसद गोबिन्द चेपाङ, राप्ती नगरपालिकाका मेयर प्रभा बराल, उपमेयर इमानसिंह लामा, सुन्दर नेपाल सरसफाई अभियानका रास्ट्रीय संयोजक बिर बहादुर तामाङ लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा चितवन साथै अन्य क्षेत्रका चर्चका पास्टर तथा अगुवा, बिस्वासिहरुको बाक्लो उपस्तिथि रहेका थिए । कार्यक्रम हरेक बर्ष गरिदै आएको र यो बर्ष पनि शुभकामना आदानप्रदानको कार्यक्रम गरेको छिमेकी प्रार्थना सन्जालका अध्यक्ष बिनोद पुनले तेमाल अनलाइनलाई जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।