काठमाडौं । नेपाल सरकारले आदिवासी जनजातिहरुले मनाउँदै आएको विभिन्न चाडपर्वको विदा कटौती गरेको भन्दै आज (बुधबार) मैतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
आदिवासी जनजाति समुदायले सांस्कृतिक पर्वको बिदा कटौती गर्ने निर्णय फिर्ता गर्न सरकारलाई दबाब दिँदै राजधानीमा प्रर्दशन गरेको हो ।

प्रदर्शन नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न जातिय संस्थाहरुले गरेको प्रदर्शनमा आदिवासी जनजाति समुदायले सांस्कृतिक पर्वमा दिँदै आएको सार्वजनिक बिदा कायम राख्न माग गरेका छन् ।
माघे संक्रान्ति अर्थात माघी, ल्होछार र ल्होसार, उद्यौली र उभौली जस्ता प्रमुख चाडर्वमा २०६२।६३ को परिर्वतन पश्चात दिँदै आएको सार्वजनिक बिदालाई सरकारले खारेज गरेपछि जनजाति समुदायले विरोध गर्दै आएको छ । सांस्कृतिक पर्वमा दिँदै आएको बिदा कटौती गरेपछि विरोधमा प्रर्दशनमा सहभागीहरुले बताएका छन् ।

आदिवासी जनजातिहरुले आफ्नो चाडपर्वमा प्राप्त सार्बजनिक बिदा कटौतीको गरेकोमा बर्तमान ओलि सरकारको सास्कृतिक सामाजिक न्यायको हिसाबले विभेद गरेको नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङले तेमाल अनलाइनलाई जानकारी दिए । सरकारलाई दबाव दिने कार्यक्रम निरन्तर रहेको पनि महासचिव घिसिङले बताए ।






















