काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका आज (बुधबार) एक कार्यक्रमबाीच खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ । ‘घर घरमा सफा चर्पी हाम्रो नमोवुद्धको सान, पूर्ण सरसफायूक्त नगर वनाउने हाम्रो अभियन’ भन्ने मूल नाराका साथ नमोवुद्ध नगरपालिकालाई खुल्ला दिसा मुक्त नगर घोषणा गरिएको हो ।

नमोवुद्ध नगरपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा

७ हजार ३ सय १६ घरघुरी रहेको नगरपालिकाको ११ वटा वडामा ब्यक्तिगत र सामुहिक गरि सबै नागरिकहरुको चर्पी पहुँच पुगेपछि घोषणा गरिएको नमोबुद्ध नगरपालिका प्रमुख टीपी शर्माले तेमाल अनलाईनलाई जानकारी दिए । पुनःनिर्माण सबै सवै नागरिकका घरमा चर्पी निर्माण हुने भएता पनि हाल कोही कसैले पनि खुल्ला ठाउँमा दिसा नगर्ने भएको खण्डमा खुल्ला दिसा मुक्त घोषणा गरि पूर्ण सरसफाइ अभियान सञ्चालन गर्न सकिने जिल्लाको निर्णय अनुसार नगरलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ । कूल धरघुरी मध्ये ९९ प्रतिशतमा ब्यक्तिगत र १ प्रतिशतले सामुहिक शौचालय प्रयोग गरेको नमोबुद्ध नगरको तथ्यांकमा उल्लेख छ ।

नगर प्रमुख टिपि शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय सतितिका प्रमुख उद्धव के.सी.ले घोषणा गरेका थिए । कार्यक्रममा वोल्दै केसीले सरसफाइ अभियान सम्पन्न नभई स्थानीय तहको नेतृत्वमा अव सुरुवात भएको र पूर्ण सरसफाई अभियानको वाँकी सबै काम आजैका मिति वाट शुरु गर्नु पर्ने वताए ।

त्यसैगरि खानेपानी तथा सरसफाइ कार्यक्रममा जिल्ला वास कोअर्डिनेटर रामकाजी काफ्लेले शौचालय निर्माण भन्दा पनि प्रयोग गर्नु र पहँुचमा हुनु महत्वपूर्ण हुने बताए । पूर्ण सरसफाइ अभियान सफल पार्न सामुहिक प्रयोग गरिरहेका धरधुरीमा निर्माण, प्रयोग तथा स्तरउन्नती गर्ने र आनीवानीमा परिर्वतन, सार्वजनिक शौचालय निर्माण गर्ने जस्ता कार्य पूर्ण सरसफाइ अभियानमा हुनुपर्ने बताए ।

नमोवुद्ध नगरपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा

कार्यक्रमा नगर उपप्रमुख रामदेवी तामाग, प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइराला, नेपाली काग्रेसका नगर प्रतिनिधि कुन्साङ, लामा नेकपाका प्रतिनिधि कृष्ण खनाल, उधोग वाणिज्य संघका अध्यक्ष बसुनारायण श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । ६ वटा नगरमध्ये यो खुल्ला दिसा मुक्त घोषणा गर्ने दोस्रो नगर हो ।

कार्यक्रममा वडा खुल्ला दिसा मुक्त घोषणा गरि प्रमाण पत्र नगरपालिकाले प्रदान गरेको थियो भने नगरलाई डिवास सिसि काभ्रेले प्रमाण पत्र प्रदान गरेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।