डिलबहादुर थाेकर
बनेपा । गुणस्तर हिन उत्पादन गरिरहोको काभ्रे जिल्लाको व्यापारिक नगरीमा रहेको शाक्य पौउरोटी उद्योगमा बुधबार शिल गरेको छ । उक्त उद्योगमा प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको निरिक्षण टोलीले निरिक्षणपछि शिल गरिएको हो ।
बनेपा–८, बसपार्कमा रहेको शाक्य पाउरोटीले खाद्य ऐन २०२३ को प्रबर्धन बमोजिम खाद्य अनुज्ञापत्र समेत नलिईकल उत्पादन गर्दै आएको निरिक्षण पछि थाहा भएको थियो । खाद्य निरिक्षक शिबप्रसाद भण्डारीको नेतृत्वको अनुगमन टोलीले शाक्य पाउरोटीमा शिल गरिएको थियो ।
प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय खाद्या निरिक्षक शिबप्रसाद भण्डारीका अनुसार दैनिक रुपमा प्रयोग गर्ने बेकरी उत्पादक शाक्य पाउरोटीले सामान्य सरसफाईमा समेत ध्यान नदिएको पाइएको छ । ‘यस उद्योगले खाद्य ऐन अन्तर्गत लिनु पर्ने अनुज्ञापत्र नलिएको, सरसफाईमा ध्यान नदिएको, पिठो मुछ्न आवश्यक रहेको सामाग्रीहरु बर्षौदेखि एउटै प्रयोग गर्दा कुहिएको अवस्थामा फेला पारेका छौं ।’ खाद्या निरिक्षक भण्डारीले बताए ।






















