काभ्रे । कानून व्यवसायीहरुको छाता संस्था काभ्रे जिल्ला बार इकाईको अधिबेशनले देवकुमार मोक्तानलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
शुक्रबार भएको अधिवेशनले अध्यक्ष मोक्तान सहित सबै टीम निर्विरोध निर्वाचित भएको हो ।
अधिबेशनले उपाध्यक्षमा विजयभक्त श्रेष्ठ, सचिवमा मधुसुदन वाग्ले, सह–सचिवमा लालतारा अधिकारी, कोषाध्यक्षमा रामप्रसाद मानन्धर र सदस्यहरुमा दिनेशकाजी श्रेष्ठ, परमात्माराम पराजुली, कृष्ण प्रसाद अधिकारी, हरिशरण बस्नेत, पुष्पराज थापा, निरोज प्रसाद नेपाल, प्रकाश बञ्जारा, कमलप्रसाद तिमिल्सिनालाई निर्वाचित गरेको छ ।
साथै पार्षदमा ईश्वर शर्मा बञ्जारा, मुकुन्द मुनकर्मी, कुमार तिमिल्सिना, शान्ता पन्त र बुद्धरत्न मानन्धरलाई चुनेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















