प्रकाश तामाङ
मकवापुर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले क्रिश्चियन धर्ममाथी कसैले कुनै पनि तवरले हस्तक्षेप गर्न नमिल्ने विचार व्यक्त गरेका छन् ।
शुक्रबार क्रिश्चयन धर्मोलम्बीहरुले ख्रीस्ट्मसको अबसरमा मकवानपुर हेटौंडा स्थित पल्पसा सभाहलमा आयोजना गरेको २०७५ को ख्रीस्ट्मस शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री पौडेलले उक्त विचार व्यक्त गरेका हुन् ।

‘नेपाल धर्म निरपेक्ष घोषित भैसकेकोले नेपालमा जुनसुकै धर्म मान्न पाउने अधिकार सबै जनतामा रहेको छ ।’ मन्त्री पौडेलले भने, ‘राज्यको एउटा मात्र धर्म हुन्छ यसमा सबैजना स्वतन्त्र हुन्छ धर्म मान्ने पक्षमा हामी स्वतन्त्र छौ । यदि आइपरेको खण्डमा हामी पनि धर्म परिबर्तन गर्न सक्छौ यो कुनै ठुलो कुरा रहन्न ।’ जुनसुकै धर्ममा लागेतापनि एकले अर्कालाई सम्मानका साथ अघि बढ्नु आजको आबस्यक्ता रहेको उनले औल्याए । पौडेलले देश तथा बिदेशमा रहेका सम्पुर्ण क्रिश्चियन धर्मावलम्बीहरुलाई बडा दिन ख्रीस्टमसको शुभकामना समेत ब्यक्त गरे ।
हेटौंडा नगर इसाई समुदायले आयोजना गरेको ख्रीस्ट्मस उत्सव २०७५ को शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख बक्ता एन.सि.एफ.नेपालका कार्यकारी अध्यक्ष रे. पास्टर हनोक तामाङ रहेका थिए ।
कार्यक्रममा बिशिस्ट अतिथि तथा सोलिडारिटी स्कुलका संस्थापक रिषिराम आचार्यले क्रिश्चियनहरुको हक र हितको बारेमा ज्ञापनपत्रसमेत बाचन गरेर मुख्यमन्त्री पौडेललाई हस्तान्तरण गरे । कार्यक्रममा प्रदेश सांसद जुनेली श्रेष्ठ, मुनु सिग्देल, हेटौंडा उपमहानगर पालिकाका उपमेयर मिना लामा, सुन्दर नेपाल सरसफाइ अभियानका कार्यकारी निर्देशक बिर बहादुर तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मकवानपुरका धेरै जसो वडा अध्यक्षहरु साथै अन्य क्षेत्रका चर्चका पास्टर तथा अगुवा, बिस्वासीहरुको बाक्लो उपस्तिथि रहेको थियो । कार्यक्रम हरेक बर्ष गरिदै आएको र यो बर्ष पनि शुभकामना आदानप्रदानको कार्यक्रम गरिएको अध्यक्ष रामकृष्ण पन्तले तेमाल अनलाइनलाई जानकारी दिए ।






















