काभ्रे । जिल्लाको भुम्लु गाउँपालिकामा स्थानीय तहमा जनप्रतिनिधि आएसँगै नदी दोहन, बनजंगल विनास, तस्कर, मापदण्ड विपरित क्रसर र बालुवा उद्योगहरु सञ्चालनमा आएको छ ।
स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधि आएसँगै भुम्लु गाँउपालिकाले जथाभावी ठेक्का टेण्डर आव्हान गरेपछि यस्तो अवैध कामहरु ह्वात्तै बढेको हो ।

स्थानी तहको निर्वाचन अघि भुम्लु गाउँपालिकाको कुनै पनि वडामा ठेक्का, टेण्डर, क्रसर उद्योग थिएन ।तर जनप्रतिनिधि निर्वाचित भएको केहि समय नबित्तै जथाभावी ठेक्का टेण्डर धेरै क्रसर तथा बालुवा उद्योग खुले पछि यहाँ सामान्य मापदण्ड समेत पूरा नगरेका बालुवा र क्रसर उद्योग बढेको हो ।
आन्तरिक आयस्रोत बढाउन भन्दै भुम्लु गाउँपालिकाले जथाभावी ठेक्का टेण्डर गर्दै धमाधम क्रसर उद्योग खोल्न दिएपछि यतिबेला सुनकोसीको किनारमा क्रसरै क्रसर भएका छन् । सुनकोसी क्षेत्रमा पछिल्लो समय जथाभावी ठेक्का टेण्डर गरि नदि दोहन गरेर अत्याधिक क्रसर खोलेर दैनिक सयौं ट्रिफर बालुवा बेच्ने काम सुरु हुँदैछ ।

निर्वाचित जनप्रतिनिधिहरुले उनीहरूकै रोहबरमा सुनकोसी दोहन गरी विकराल अवस्था ल्याइएको र नियन्त्रण गर्न कसैले पनि ध्यान नदिएको स्थानीयको गुनासो छ । प्राकृतिक साधनस्रोत माथि स्थानीय जनताको विशेष अधिकार हुने कानूनलाई समेत उल्लंघन गरेर आदिवासी माझी बस्ती र माझी समुदायको जीवन यापन माथि नै ठूलो असर हुने स्थानीयको चिन्ता छ ।

भुम्लु गाउँपालिकाकाको वडा न. ६, ७, ८, १० मा जथाभावी ठेक्का टेण्डर गरि क्रसर राख्ने नदि दोहन गर्दै क्रसर सञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिका अध्यक्ष गुमानध्वज कुवँरले कमिशानको लोभमा यो सब गरिरहेको अनुमान स्थानीयको छ ।






















