काभ्रे । काभ्रे जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ बाट निर्वाचित भएका सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले महाभारत गाउँपालिकाका जनताको अभिमत नभुलेको बताएका छन् ।
आइतबार महाभारत गाउँपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बमध्वजले उक्त कुरा बताएका हुन् । ‘हामीले तपाईंले दिएको अभिमत भुलुका छैनौं ।’ बमध्वजले भने, ‘निर्वाचनमा हामीले तपाईंसँग गरेको बचन र प्रतिबद्धता पूरा गर्दै छौं ।’
अँध्यारोबाट उज्योलो अनि समृद्धि
निर्वाचनको बेला आफूहरुले महाभारतका जनताको पहुँचमा उज्यालो पु¥याउने प्रतिबद्धता जनाए अनुसार काम गरेको बताए । सबै भन्दा पहिला ३ हजार थान सोलार वितरण गरेर यसको शुरुवात गरेको उनले बताए ।
‘निर्वाचनमा भोट माग्दा पहिलो प्रतिबद्धता महाभारतलाई अँध्यारो बाटो उज्यालो बनाउने भनेका थियौं ।’ सांसद बमध्वजले भने, ‘३ हजार वटा सोलर मैले पठाएको थिएँ । आयो कि आएन ? पाउनु भयो कि भएन?’ कार्यक्रममा सहभागी जनतासँग उलने खुलेर सोधेका थिए । जवाफमा सहभागी जनताले पाएको बताएका थिए ।
त्यसैगरि केन्द्रिय बिद्युतिय प्रसारण लाइनको विस्तार गर्ने प्रतिबद्धता अनुसार काम अघि बढेको बताएका थिए । ‘ललितपुरको माल्टाबाट प्रसारण लाईन ल्याइ गोकुले धापमा सब स्टेसन निर्माण गर्न बजेट बिनियोजन गरेका छौं ।’ उनले भने, ‘सके एक वर्षमा नसके डेढ बर्ष मा झिलिमिली बनाउने योजना छ ।’
सडक निर्माणमा यस्तो छ योजना
कार्यक्रममा सांसद बमध्वजले निर्वाचनमा भोट माग्दा यहाँका जनतासँग महाभारत गाउँपालिका र जिल्लाको सदरमुकाम जोड्ने काम दोस्रो प्रतिबद्धता भएकोले यसमा जिम्मेवारी पूर्वक खटेको बताए । बाह्रै महिना सदरमुकामसँग जोडिनका लागि योजना बनेको भन्दै उनले महाभारत गाउँपालिकामा आउँदा सिन्धुली जिल्ला छोएर आउनुपर्ने बाध्यताको चाँडै अन्त्य गर्ने बताए ।
‘पिन्थली, रजबस हुँदै देविटार जोड्ने सडकमा मैले बजेट बिनियोजन गरेको छु ।’ उनले भने, ‘एक बर्ष भित्र स्याप्रेडाँडा–देविटार सडक पिचको प्रकृयामा अगाडि बढछ ।’
त्यसैगरि महाभारतको ताराखस्यो लेक हुँदै टोकेदोमर सडकमा पनि आफूले बजेट विनियोजन गरेको बताए ।
आइटी शिक्षाको लागि कम्प्युटर र इन्टरनेट
मावि तहका विद्यालयलाई उच्च प्रविधि मार्फात पठान पाठन गर्नका लागि सबै मावि विद्यालयलाई कम्प्युटर र इन्टरनेटको व्यवस्था गर्ने सांसद बमध्वजले बताए । ‘हामीले निकट भबिश्यमा एउटा अभियान चलाउदै छौ । प्रत्येक मावि तहको विद्यालयमा कम्प्युटर र इन्टरनेटको माध्यमबाट पठान पाठन गराउने अभियानमा छौं ।’ उनले भने, ‘आरसिसि भवन भएको बिद्यालयमा उच्च प्रबिधिबाट पठान पाठन गराउन कम्प्युट र इन्टरनेट वितरण गर्दै छ, त्यसको लागि आवेदन तुरुन्त दिन अनुरोध गर्दछु ।’
आफूहरुले विद्यार्थी नभएको विद्यालयमा शिक्षकहरु थुप्रेर बसेकोले यसको उचित व्यवस्थापन गर्ने पनि बताए ।






















