काठमाडौं । माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा घाईते तथा अपांगता भएकाहरुको आमरण अनसन आज (सोमबार) देखि फिर्ता लिएका छन् ।
सरकारसँग ४ बुँदे सहमति भएपछि उनीहरुले आफ्ना सबै कार्यक्रम फिर्ता लिएका हुन् ।
घाईते तथा अपंगता भएका माओवादी कार्यकर्ताहरु गत मंसिर २७ गतेदेखि काठमाडौंको माइतीघर मण्डलमा अनसन बस्दै आएका थिए ।
यस्तो छ ४ बुँदे सहमति
१) दुई पक्षबीच थुनामा रहेका युवराज बिकलाई रिहा गर्ने
२) घाइते तथा अपांगता भएकोहरुको उपचार तत्काल गर्ने
३) अनसन र उपचारमा भएका सबै खर्च सरकारले बेहोर्ने
४) नेपाल मेडिकल बोर्डले थप उपचार गर्न विदेशी अस्पतालमा सिफारिस गरेकाहरुलाई पठाउने
त्यस्तै, उनीहरुका अन्य माग बारे गृहमन्त्रालय, घाइते तथा अपांगता भएकाहरुका प्रतिनिधि र कानुनी विज्ञ रहेको एक कार्यदल गठन गरी दीर्घकालीन समाधान खजिने भएको छ । कार्यदलले प्रतिवेदन गठन भएको तीन महिनाभित्रमा तयार पार्ने पनि सहमति भएको छ ।
यस्तो छ सहमति पत्रः























