प्रदेश ३ का मन्त्री परिषद् सबै पदाधिकारीहरुलाई गाडीको व्यवस्था गर्ने

हेटौंडा । प्रदेश ३ का सबै पदाधिकारीहरुलाई अब गाडीको व्यवस्था गर्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले पदाधिकारीलाई सवारी साधन उपलब्ध गराइने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलका अनुसार उक्त सुविधा प्रदेशसभाका सभामुख, उपसभामुख सँगै विभिन्न समितिका सभापतिहरु, प्रमुख प्रतिपक्ष दलका नेता तथा सत्तापक्ष दलका प्रमुख सचेतकले पाउनेछन् । प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अनुसार उनीहरुले हालसम्म आफ्नो पारिश्रमिक बराबरको थप रकम प्राप्त गर्दै आएका थिए।

त्यसको लागि प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमीक सुविधा सम्बन्धी ऐन २०७५ को अनुसुची १ र २ को संसोधन गरिने भएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।