भक्तपुर । “राष्ट्रको उत्कृष्ट युवा” पुरस्कारबाट भक्तपुरका अरुण सैंजु पुरस्कृत भएका छन् । साहसिर एवं वीरतापूर्ण विद्यामा उनी सम्मनित भएका हुन् ।
प्रदेश नम्वर २ को राजधानी जनकपुरमा आयोजित एक कार्यक्रममा पूर्व राष्ट्रपति रामबरण यादवले उनलाई सम्मान गरेका हुन् ।


देशका दश विद्यामा दश युवा सम्मानित हुँदा भक्तपुरका सैंजू साहसिक एवं वीरतापूण कार्यमा संलग्न भई उल्लेखनीय योगदान पु¥याएबापत “राष्ट्रको उत्कृष्ट युवा” पुरस्कारबाट सम्मानित भएका हुन् ।
“राष्ट्रको उत्कृष्ट युवा “ पुरस्कारका लागि नेपालमा काम गर्ने विभिन्न विदाका युवालाई छनोट गरिएको थियो ।
राष्ट्रको उत्कृष्ठा युवा बाटा सम्मानित हुने युवा भक्तपुरका स्थानीय बासिन्दा हुन् । उनी हाल भक्तपुर नगरपालिका वडा नम्वर ३ मा बसोबास गर्दछन् ।
सरल स्वाभावका युवा सैंजु आर एन ए १६ का नाम बाटा भक्तपुरमा चिर परिचित रहेका छन् ।
समाज सेवालाई फरक पाटोबाट लिदै विरतापूर्ण कार्य जस्तै अग्नी नियन्त्रण सडक दुर्घटना देखि विमान दुर्घटना लगायत विभिन्न काममा आफै सहयोगका लागि पुग्ने युवा सैंजु भुकम्पका पनि उद्दारक हुन् ।
दक्ष सवल अनी तालिम प्राप्त सैंजु विपदका समयमा उद्दारमा पुग्ने गर्दछन् भने अन्य समयमा उद्दारका तालिम दिदै विद्यालय विद्यालय क्लव एवं कलेजमा पुग्ने गरेका छन् ।
यस्तै विभिन्न विरतापूर्ण काममा संलग्न रहेको भन्दै नेपाल जेसीजले जनकपुरमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरेको हो । नेपाल जेसीजले प्रत्यक वर्ष यो पुरस्कार दिदै आएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।