महाभारतमा पुगेर प्रादेशिक सांसद ढकालले भने, ‘विकासको गति अब तिब्र’

महाभारत । काभ्रे जिल्लाका प्रादेशिक सांसद रत्न ढकालले महाभारतका जनतासँग विकासको गति तिब्र पारेको बताएका छन् ।

आईतबार महाभारत गाउँपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा समारोहलाई सम्बोधन गर्दै सांस्द ढकालले उक्त कुरा बताएका हुन् ।

आफूहरु महाभारत गाउँपालिकामा आउँदा छिमेकी जिल्ला सिन्धुली हुँदै आउनुपर्ने बाध्यता रहेको प्रति दुःख व्यक्त गर्दै उनले विकासको गतिलाई तिब्र पार्दै लाने बताएका थिए ।

महाभारत गाउँपालिकाका विद्यार्थीहरु धेरै मात्रामा शिक्षाबाट ब िञ्चत हुनुपर्ने बाध्यता रहेकोले चाँडै नै यसको अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरेको छन् । ‘यहाँ माध्यमिक विद्यालयहरु पनि आवश्यकता अनुसार छैन । साथै प्राबिधिक बिद्यालय एउटा पनि छैन ।

’ ढकालले भने, ‘८ पास गरेसी पढाइ छोड्नुपर्ने बाध्यता छ । शिक्षा बाट बन्चित हुन बाध्य छन् । यसको चाँडै नै अन्त्य गर्नेछु ।’ महाभारत गाउँपालिकाको कोखाजोर खोलामा विजुली उत्पादन गरि यहाँका जनतालाई प्रत्यक्ष लाभ पुग्ने काम गर्न लागेको उनले बताए । ‘कोखाजोर खोलामा १ सय ६ मेगावाट बिजुली उत्पादनका लागि प्रदेस सरकारले १० करोड बिनियोजन गरेको छ ।’ उनले भने ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।