महाभारत । काभ्रे जिल्लाको विकट क्षेत्र महाभारत गाउँपाकिाका अध्यक्ष कान्छालाल जिम्बाले प्रदेश तथा संघबाट यस गाउँपालिकामा विनियोजन गरेको बजेट कार्यन्वयनमा चुनौती रहेको गुनासो व्यक्त गरेका छन् ।
खुल्ला दिसा मुक्ता गाउँपालिका घोषणा कार्यक्रममा संघीय सांसद गंगाबहादुर तामाङ र प्रादेशिक सांसद रत्न ढकालले संघ र प्रदेशबाट विनियोजित बजेट विवरण सुनाएका थिए । कार्यक्रमको अध्यक्ष रहेको जिम्बाले कार्यक्रम समापन गर्ने क्रममा यस्तो गुनासो गरेका हुन् ।
‘नितीगत रुपमा बजेट बिनियोजन गरेपनि कर्मचारीले कार्यन्वयनमा समस्या ल्याएको छ ।’ उनले भने, ‘५ करोड त आयो यसको कार्यन्वयनमा चुनौती थपेको छ । माननीयहरुले सहयोग गर्नुप¥यो ।’ साथै उनले आन्तरिक स्रोत महाभारत गाउँपालिकामा नरहेकोले प्रदेश र संघबाट बजेट बिनियोजन गर्दा विशेष ध्यान दिन अनुरोध गरे ।
गाउँ गाउँमा अधिकार आएको बताउँदै जिम्बाले राम्रासँग उपयोग गर्न जनतालाई अनुरोध गर्दै गाउँपालिकाको हरेक योजना कार्यन्वयन जनताको निगरानीमा हुनुपर्ने बताए ।






















