तेमाल । बौद्धमार्गीहरुको तपो भूमिको रुपमा रहेको काभ्रेको तेमालमा रिन्पेछे र औतारीबाट वाङ तथा छेवाङ र प्रवचन हुने भएको छ ।

कार्यक्रम तामाङ समुदायको धार्मिक एवं राजनैतिक हिसावले ऐतिहासिक स्थानको रुपमा रहेको तेमाल गाउँपालिका वडा नं. ५, नारायणस्थानमा हुने भएको हो ।

गुरु रिन्पोछे फाउन्डेशन, तेमाल–९, काभ्रेको आयोजनामा हुने उक्त कार्यक्रम आगामी माघ ७ गतेका दिन हुने बरिष्ठ संगीतकार एवं कलाकार चन्द्रकुमार दोङले तेमाल अनलाईनलाई जानकारी दिए । दोङका अनुसार कार्यक्रममा महान आध्यात्मिक परम पूज्य श्याल्पा तेन्जीङ रिन्पेछे र परम पूज्य ९ औं औतारी क्यापगोन जेडुङ्पाबाट वाङ तथा छेवाङ र अमृतमय प्रचचन हुनेछ ।

माघ ७ गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने उक्त कार्यक्रममा तेमालका सम्पूर्ण बौद्धमार्गीहरुलाई गरिमामय सहभागीतको लागि कलाकार दोङले अनुरोध समेत गरेका छन् । यस्तो खालको कार्यक्रम तेमालमा अहिलेसम्म नभएको बुझिएको छ । गूरु रिन्पोछेले तपस्या गरेको पवित्र स्थान तेमाल भएपनि यसरी उच्च स्तरको व्यक्तित्वहरुबाट प्रवचन पहिलो हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।