सन्तवीर लामा
धनकुटा । नेपाल तामाङ घेदुङ साँगुरीगढी गाउँपालिकाको मंगलवार सम्पन्न प्रथम अधिवेशनले मणी स्याङवो तामाङलाई सर्वसम्वत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष सिताराम थिङ तामाङको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम गाउँपालिका अधिवेशनको वन्दसत्रले उपाध्यक्षमा यमन कुमारी गोले तामाङ, सचिवमा नन्दसिंह ख्युङवा तामाङ, सह–सचिवमा कुमार लोप्चन तामाङ र कोषाध्यक्ष सानु जिम्वा तामाङलाई चयन गरिएको छ ।
तेह्र सदस्यीय गाउँपालिका घेदुङ्गको कार्य समिति सदस्यहरुमा अशोक पाख्रीन तामाङ, अशोक स्याङ्गवो तामाङ, पदमवहादुर घिसिङ तामाङ, मान वहादुर योन्जन तामाङ, अम्वर वहादुर स्याङवो तामाङ, लोकवहादुर पाख्रीन तामाङ, खड्ग वहादुर लोप्चन तामाङ र देशकुमार लो तामाङलाई सर्वसम्वत चयन गरिएको छ ।
उद्धघाटन सत्रमा नेपाल तामाङ घेदुङ धनकुटाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि सिताराम थिङ तामाङले आफ्नो भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्न अहिलेको तामाङ समुदायको युवा पुस्ता लागी पर्नु पर्नेमा जोड दिए । उनले मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र आए पनि यहाँका आदिवासी जनजातिहरुको मातृभाषाको संरक्षणमा सरकारले सहयोग गर्न नसेकको आरोप लगाए । उनले अवको पुस्ताले आफ्नो समुदायको भाषा संस्कार संस्कृति संरक्षण गर्न दत्तचित्त भएर नलाग्ने हो भने पहिचान नामेट भएर जाने वताए ।






















