तेमालमा खुकुरी प्रहारबाट ३ घाइते
घाइतोहरु उपचारको क्रममा धुलिखेल अस्पताल परिसरमा

तेमाल । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ६, ठूलोपर्सेलमा खुकरी प्रहारबाट तीन जना युवाहरु सख्त घाईते भएका छन् ।

मंगलबार साँझ करिब ५ बजे स्थानीय रकम तामाङ र उनका दुई छोराले अन्धाधुन्दा खुकुरी र रड प्रहार गर्दा युवाहरु घाईते भएका हुन् ।

घाइते हुनेहरुमा सोही वडाका पाल्साङ तामाङ, बिकास तामाङ र अनिल तामाङ रहेका छन् । ठूलोपर्सेलको बसपार्कमा खाजा खाइरहेको बेला रकम उनका छोराहरु फिन्जु तामाङ र पाल्देन तामाङले उनीहरु माथि खुकुरी र रडले आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले तेमाल अनलाईनलाई बताए ।

स्थानीय पञ्चकन्य माविमा अध्ययनरत रकमको छोरा र अरु विद्यार्थीहरु बीचमा भएको झगडाको विषयमा पिडित युवाहरुले उनको कान्छो छोरासँग कुरा गर्दै गर्दा उनको बुबा र दाईले हतियार सहित आक्रमण गर्न आएको बुझिएको छ ।

खुकुरी प्रहार गर्ने रकमलाई सोही दिन प्रहरीले पक्राउ गरेको छ । उनलाई पिडितहरुले ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने तयारीमा रहेको पिडितहरुले तेमाल अनलाईनलाई बताएका छन् । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

Comments

comments