रामेछापका गोकुलगंगा गापा अध्यक्ष सुनुवारले दिए पत्रकारलाई धम्की

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवारले रिपोर्टीङमा खटेको पत्रकारलाई धम्की दिएका छन् ।

नयाँपुलका संवाददाता सुमन खड्कालाई रिपोर्टिङ र फोटो लिनेक्रममा बुधबार धम्की दिदै दुव्र्यवहार गरेका हुन् । बुधबार दिउँसो निर्माण सम्बन्धी कामको विषयमा कुरा नमिल्दा सोहि गाउँपालिकाको वडा नं. ४, बेतालीका यूवाहरुले उनको गाडी रोकेका थिए ।

उनले सो अवस्थाको सामना गर्न सकिरहेका थिएनन् त्यहि मौकामा उनले सुमन खड्कालाई ‘किन फोटो खिचेको ? जे पायो त्यहि पोष्ट नगर नत्र ठिक हुँदैन’ भन्दै सञ्चारकर्मी खड्कालाई उनले नजिकै बोलाएर पोख्नसम्मको रिस पोखे । त्यो दृष्य देखेर सर्वसाधरणहरु पनि अच्म्मित भए । केहि यूवाहरुले आफ्नो समस्या समाधान गर्न नसक्ने अनि पत्रकारमाथि त्यसको रिस थोपर्ने भन्दै प्रतिवादसमेत पनि गरे ।

पत्रकार खड्काले आफूलाई रिपोर्टिङ र तस्विर लिनकै लागि सरकारले परिचय पत्र दिएको भन्दै पत्रकारलाई थर्काएर गाउँपालिकाको विकास नहुने सुझाव दिए ।

सो घटनापछि नेपाल पत्रकार महासंघ ३ नं. प्रदेश समितिका महासचिव कृष्ण सारु मगरले गाउँपालिका अध्यक्षको मोबाइलमा सम्पर्क हुन नसकेकोले आफूले पत्रकारको गरिमा र सुरक्षाको विषयमा गम्भिर हुन् अध्यक्षसँग आग्रह गर्ने जानकारी दिए ।

पत्रकार खड्का करिव एक दश देखि नामाडी बुलेटिन हुँदै गोकुलगंगा डटकम र नयाँपुल अनलाइन लगायतका आधा दर्जन सञ्चारमाध्यममा काम गरिसकेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।