काठमाडौं । तामाङ चलचित्रको नायक तथा कलाकार तिर्थकुमार लामाको बिहीबार बिहान ४ बजे निधन भएको छ।
नायकको कलेजो खराब भई विगत केही दिनदेखि कान्तिपुर अस्पताल उपचार भइरहेको थियो । बिहीबार उपचारको क्रममा निधन भएको डाक्टरले जानकारी दिएका छन् ।
तामाङ चलचित्र क्षेत्रमा पहिलो पटक उनले २०६३ सालमा संजय लामा बलद्वारा निर्देशित लेङस्याला सेम्जो नामक चलचित्रबाट चलचित्र क्षेत्रमा प्रबेश गरेका हुन भने त्यस लगयतै सेमला दुङाल, ज्यो ज्यो आले, आले च्याङबा, डन च्याङबा, चारसाय बिस, तिङला जो जस्ता तामाङ चलचित्रमा अभिनय गरेको छन् ।
त्यसैगरि नेप्टे लगायत थुप्रै नेपाली चलचित्रमा समेत अभिनय गरेका थिए । उनको पार्थिब शरीरलाई बौद्व धर्म, तामाङ संस्कार अनुसार आज नै अन्तिम दाहसंस्कार गरिने तामाङ चलचित्र संंघले जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।