‘छोराछोरी मुर्ख भएपनि राज्य मुर्ख हुनुहुँदैन’ –धुलिखेल नगर प्रमुख व्याञ्जु

धुलिखेल । धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जेले छोराछोरी मुर्ख भएपनि राज्य वा सरकार मुर्ख हुन नहुने बताएका छन् ।

बुधबार धुलिखेल नगरपालिकाले आयोजना गरेको जेष्ठ नागरिक सम्बन्धी सरोकार वालाहरुबीच अन्तक्र्रिया कार्याक्रममा नगर प्रमुख व्याञ्जुले उक्त कुरा बताएका हुन् ।

‘धुलिखेलमा वृद्राश्रम भवन निमार्णको लागि नगरपालिकाले १० देखि २० लाख सम्म सहयोग गर्ने निर्णय गरेको छ ।’ व्याञ्जुले भने, ‘छोराछोरी मुर्ख भएपनि राज्य र सरकार मुर्ख हुनुहँुदैन ।’

कार्यक्रममा धुलिखेल नगरपालिकाका कार्यकारी प्रमुख तारानाथ भट्टराई, ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दिल सुन्दर श्रेष्ठ, उपाध्यक्ष चुनिया लाल माकजु, धुलिखेल नगरपालिका महिला विकास सहायक निरिक्षक निर्मला रावल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, धुलिखेल नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष विष्णु धिताल लगायतको उपस्थिती थियो ।

कार्यक्रमको कार्यपत्र गायत्री रमण घिमिरेले प्रस्तुत गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।