तेमाल । काभ्रेको तेमाल गाउँपालिकाको तीन वटा सामुदायिक विद्यालयमा आगामी नयाँ शैक्षिक सत्रदेखि तामाङ मातृभाषामा पठानपाठन हुने पक्का भएको छ ।

नेपाल सरकार भाषा आयोग र भिएसओ नेपालको संयुक्त पहलमा वालशिक्षा र कक्षा १ मा तामाङ मातृभाषामा पठान पाठन हुने भएको हो ।
भाषा आयोग र भिएसओ नेपालले तेमाल गाउँपालिका वडा नं. २ स्थित बालकल्याण आधारभूत विद्याय, वडा नं. ५ स्थित नाराणस्थान मावि र वडा नं. ८ स्थित सेतीदेवी निमाविलाई छनौट गरिएको छ । गुणस्तरीय शिक्षाको लागि तामाङ मातृभाषामा शिक्षा दिंदै उक्त तीन विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने बताइएको छ ।

भातृभाषा मै पाठ्यपुस्तक निर्माण
तामाङ मातृभाषा मै परिक्षा लिने गरि सामाजिक अध्ययन र सिर्जनात्मक कला विषयको पाठ्य पुस्तक निर्माण गर्ने भएको छ । जसको लागि तीन विद्यालयका शिक्षक–शिक्षिका र अभिभावकलाई ५ दिने तालिम दिएको छ ।

गत मघ १३ गतेदेखि १७ गतेसम्म सम्पन्न भएको उक्त तातिमबाट पाठ्यपुस्तक समेत निर्माण भएको भाषा आायोगका उपसचिव लोकबहादुर लोप्चानले तेमाल अनलाईनलाई बताए । मातृभाषामा आधारित बहुभाषिक शिक्षा कार्यक्रम अन्तर्गत पुस्कतकको अनुकुलन तथा शिक्षक परामर्श कार्यक्रमबाट पुस्तक तयार पारिएको लोप्चानले बताए ।

कार्यक्रममा तीनै वटा विद्यालयका वालकक्षा र कक्षा १ का शिक्षक–शिक्षिका र अभिभावकहरुको उपस्थिति रहेका थिए ।
भाषा आयोगकका अध्यक्षदेखि विज्ञको समेत चासो
तेमालमा तामाङ मातृभाषामा शिक्षा कार्यक्रम लागु हुनेभएपछि भाषा आयोगकका अध्यक्षदेखि भाषाविदसम्मको चासो बढेको छ ।
कार्यक्रम लागु गर्ने भएपछि भाषा आयोगकका अध्यक्ष लवदेव अवस्थि देखि भाषा भाषाविद् तथा बहुभाषिक शिक्षा विद अमृत योञ्जनसम्मले समेत यस कार्यक्रममा सहभागीता जनाएका छन् । भर्खरै विद्यालयमा प्रवेश गरेको वालवालिकाले मातृभाषामा शिक्षा प्राप्त गर्ने अधिकारको सुनिश्चित गराउन मातृभाषामा आधारित बहुभाषिक शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको उनीहरुको भनाई छ ।

मुलुकको शिक्षा प्रणाली एकल भाषामा आधारित भएकोले मातृभाषी विद्यार्थीहरुको विद्यालय छोड्ने दर बढ्दै गएको उनीहरुको तर्क छ । मातृभाषामा शिक्षा नदिएकोले बालबालिकाले अपनत्व महासुस नगरेको भाषा आयोगका अध्यक्ष अवस्थिले बताए ।

कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, जिल्ला शिक्षा इकाई प्रमुख डिकबहादुर राई, भिएसओ नेपालका प्रतिनिधि ज्ञानुराज पौडेल लगायतका व्यक्तित्वहरुको समेत सहभागीता थियो ।























