सुसन सापकोटा (विज्ञान)
रामेछाप । जिल्लाको दोरम्बा गाउँपालिका वडानं. ६ लखनपुरमा हिजो भएको बस दुर्घट्ना २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोरम्बा गाउँपालिका वडा नं. ६ का ५८ वर्षीय उद्धव गौतम र ५९ वर्षीय हरिबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा गंगा गौतम लखनपुर, रिष्ठे, मिलन बराइली धादिङ (डेन्टल) कृष्णबहादुर चौंलागाई (तिमाल डाँडा), तिर्थप्रसाद गौतम रिष्ठे, राम तामाङ मकवानपुर, रमा देवी गौतम, चिनीमाया तामाङ तिमालडाँडा, बसुन डोल्मा तामाङ कामागाउँ, सन्देश बराईली धादिङ, शान्ता योञ्जन, काठमाडौं, दर्गा बराईली धादिङ, सम्झना गुरुङ धादिङ, प्रकृति दवाडी धादिङ रहेका छन् ।

घट्नास्थलबाट घाइतेहरुको उद्धार गर्नका लागि हेलिकोप्टरको माग गरेपनि रातको समय भएकोले हेलिकोप्टरबाट उद्धार गर्न गाह्रो भएको थियो । घाइतेहरुको उपचार धुलिखेल अस्पताल र काठमाडौंमा उपचार भइरहेको छ ।

काठमाडौंबाट लखनपुर जाँदै गरेको कोशीपारी यातायातको बा २ ख ७२४२ नम्वरको गाडी हिजो राती दुर्घट्ना भएको थियो ।

र यो पनि पढ्नुहोस्ः

रामेछापको लखनपुरमा बस दुर्घट्ना, ५ जना स्वास्थ्यकर्मी सहित दर्जनौं घाइते

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।