धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं. २ मा ‘१ घर १ धारा’ उद्घाटन भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आज (शुक्रबार) एक कार्यक्रमका बीच ‘१ घर १ धारा’ उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले काभ्रेमा खानेपनीका थप २ योजना आगामी २ महिनाभित्र निर्माण कार्य सुरु हुने बताए ।

‘पानीको चरम अभाव भएका पाँचखाल, मण्डनदेउपुरको ज्याम्दी र नमोबुद्ध नगरपालिकाको भकुण्डेमा खानेपानी आयोजना सञ्चालन हुदैछ ।’ उनले भने, ‘मण्डनदेउपुरको ज्याम्दीमा १ अर्व ७५ करोड र भकुण्डेमा करिब ३ अर्वको लागतमा आयोजना निर्माण कार्य शुरु हुनेछ ।’
पाँचखालमा गत साता शिलान्यास गरेका मन्त्री बाँस्कोटाले अन्य दुई योजना दुई तिन महिनामै सुरु गर्ने बताएका छन् ।

कार्यक्रमलाई सम्बधन गर्नेक्रममा मन्त्री बाँस्कोटाले विभिन्न सडक निर्माणकाले लागि समेत बजेट विनियोजन गरिसकेको बताए । ‘पनौती–चौकीडाँडा सडकमा ५३ करोड, नगरकोट–देउपुर–हिँगुवापाटी सडकमा १० करोड, बनेपा–रविओपी–पाँचखाल सडकमा ५ करोड, पनौती खोपासी सडकमा ४ करोडको योजना निर्माण कार्य दुई तिन महिना भित्रै सूचारु हुनेछ ।’ बाँसकोटाले भने ।

‘१ घर १ धारा कार्यक्रम’ उद्घाटनमा पूर्व सभासद् रामहरि सुवेदी, धुलिखेल नगरपालिकाको नगरप्रमुख अशोक कुमार ब्यान्जु, धुलिखेल नगरपालिकाको उपप्रमुख बिमला शर्मा, काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुख जयराज सापकोटा, वडा अध्यक्षहरु, वडा सदस्यहरु, सामाजिक विका अधिकृत विदुर गौतम लगायतका उपस्थिति रहेका थिए ।

आर्थिक वर्ष २०७५।०७६ मा धुलिखेल नगरपरिषद्ले विनियोजन गरेको बजेटबाट यो योजना सफल भएको हो । धुलिखेल नगरपालिकाको सामाजिक विकास अधिकृत विदुर गौतमका अनुसार यस भेगका ५ सय ६५ घरधुरीले ‘एक घर एक धारा’ पाएकाछन् । गौतमका अनुसार यो योजना सम्पन्न हुनकालागि नगरपालिकाले करिब २ करोड बजेट विनियोजन गरिएको थियो ।

यो पनि पढ्नुहोस्
धुलिखेल–२ मा ‘एक घर एक धारा’ उद्घाटन केहीबेरमै
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















