काठमाडौं । बुद्धधर्मोलम्बीहरुको तिर्थास्थल बौद्धनाथ स्तुपा परिसरमा शान्ति दीप प्रज्ज्वलन तथा क्षमा पूजा सम्पन्न भएको छ । शनिबार विभिन्न लामा गूरुहरु र बुद्ध धर्मका अनुयायीहरुको उपस्थितिमा उक्त पूजा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम बौद्ध तथा मेलम्ची घ्याङ गुठी र विभिन्न धार्मिक सामाजिक संघ संस्थाहरूले आयोजना गरिएको थियो । विश्वमा भइरहेको हत्या, हिंसा, द्वन्द्व, लडाइ झैझगडा, प्राकृतिक प्रकोप, रोग व्याधी महामारी लगायत विश्वमा शान्ति एवं स्थायित्व कायम होस भन्ने कामना सहित दिप प्रज्जवलन गरिएको बौद्ध तथा मेलम्ची घ्याङ गुठीका सल्लाहकार मनिष गोङबाले बताए ।

दिप प्रज्वलन कार्यक्रममा धर्म गुरुहरूले पुजापाठ गर्नुका साथै धर्म गुरू रेन्पोछे भूपति बज्र लामाद्वारा धर्मिक प्रवचन दिएका थिए । बौद्धनाथ स्तुपाभित्र भएको क्षमापुजा तथा दीप प्रज्वलन कार्यक्रमलाई बौद्ध घ्याङ गुठीका समर्थकहरुले विथोल्न खोजेपछि बौद्ध क्षेत्र केही समय तनावग्रस्त समेत बनेको थियो । यसरी विथोल्न खोजेपनि कार्यक्रम भने भव्यताका साथ सम्पन्न भएको छ ।

र यो पनि पढ्नुहोस्ः

बौद्धनाथमा २ सय जना धर्म गुरुहरूले पूजापाठ गरिने

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।