काभ्रे । जिल्लाको तेमाल गाउँपालिकाको अपांगता परिचयपत्र वितरण कार्य आज पनि जारी रहेको छ । मंगलबारदेखि वडा नं. १ र २ बाट शुरु गरेको वितरण कार्यक्रम अन्तर्गत आज (बुधबार) वडा नं. ३ र ४ मा वितरण गरेको छ ।
तेमाल गाउपालिकाको वडा नम्बर ३ र ४ मा अपाङ्गता परिचय पत्र वितरण गर्न गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेल, वडा अध्यक्षहरु विष्णुबहादुर तामाङ र आसपुर तामाङ, स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठक, वडासदस्यहरु, स्वास्थ्यकर्मीहरु र वडा सचिवहरु पुगेका थिए ।
सो क्रममा वडा नं. ३ मा ११ जना अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरेको ३ नं. वडा अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिएका छन् । वडा अध्यक्ष तामाङका अनुसार सो वडामा क वर्गको १ जना, ख वर्गको ६ जना, ग वर्गको ३ जना, घ वर्गको १ जनालाई परिचयपत्र वितरण भएको छ ।
त्यसैगरि वडा नंं. ४ मा १० जना अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण भएको वडा अध्यक्ष आसपुर तामाङले जानकारी दिएको छ । वडा अध्यक्ष तामाङका अनुसार सो वडामा ख वर्गको ३ जना, ग वर्गको ४ जना र घ वर्गको ३ जनालाई परिचय पत्र वितरण गरेको छ ।
वडा वडामै परिचय पत्र पाएपछि अपांगता भएकाहरु खुशी भएकाछन् ।
यो पनि पढ्नुहोस्
तेमालमा अपांग परिचयपत्र वितरण शुरु
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















