खोलाले बगाउँदा बालकको मृत्यु
काभ्रे । काठमाण्डौंबाट सिराह तर्फ श्रीमतिको शव लिएर जाँदै गरेको स १ च ११९१ नम्बरको एम्बुलेन्स मंगलबार विहान काभ्रेको नमोबुद्ध नगरपालिका–५ ल्हास्कोटमा दुर्घट्ना हुँदा घाइते भएका श्रीमानको पनि मृत्यु भएको छ ।
सिरहाको कर्जनाह नगरपालिका ७ की मुटु रोगी ६० वर्षीया गंगादेवीको मुटु सम्बन्धि रोगको उपचारको लागि काठमाडौं ल्याउँदै गर्दा मृत्यु भएको थियो । मृत्यु भएपछि सोही एम्बुलेन्समा आफ्नो श्रीमतिको शव लिएर घर फर्कदै गर्दा काभ्रेको ल्हास्कोटमा दुर्घट्ना हुँदा गंगादेवीकी श्रीमान सोभित शाह घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार गम्भिर घाइते सोभितको उपचार धुलिखेल अस्पतालमा हुन नसकेपछि अन्नपूर्ण न्योरो अस्पताल काठमाडौंमा लगिएको थियो ।
उनको उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोभितसहित ६ जना चढेको एम्बुलेन्स मंगलबार बिहान विपी राजमार्गको नमोबुद्ध नगरपालिका ५ ल्हासकोटमा दुर्घटना हुँदा एम्बुलेन्समा सवार ६ जना घाइते भएका थिए ।
अन्य घाइतेहरूको भने धुलिखेल अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक देवराज श्रेष्ठलाई भने उपचारपछि जिल्ला प्रहरी कार्यालय काभ्रेमा अनुसन्धानको लागि राखिएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्ः

काभ्रेको ल्हास्कोटमा एम्बुलेन्स दुर्घट्ना, ४ गम्भिर घाइते

Comments

comments