काठमाडौं । महाराजगञ्जस्थित होटल साम्लाको पछाडी रहेको बिक्रम गौतमको घरमा कौडा खेल्दै गरेको अवस्थामा पूर्वराज्यमन्त्री सहित २५ जनालाई प्रहरी पक्राउ गरेको छ ।
जुवा खालबाट नगद र चेक गरी २ करोड ७० लाख बढी रकम बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । सएसपी सुवेदीका अनुसार जुवा खालबाट २ करोड ६७ लाख नगद र ३ लाखका चेक बरामद गरिएको छ ।
पक्राउ परेकाहरुलाई प्रहरीबृत्त महाराजगन्जमा राखेर अनुसन्धान भइरहेको डिएसपी उमेश लम्सालले जानकारी दिए । पूर्वराज्यमन्त्रीको नाम भने प्रहरीले गोप्य राखेको छ ।
पक्राउपर्नेहरुको विवरण यस्तोछः
१) प्रदीप बोगटी
२)रामकृष्ण केसी
३) इन्द्र श्रेष्ठ
४) रज्जत राजवंशी
५) हालम प्रसाद पराजुली
६) अशोक श्रेष्ठ
७) सीताराम खड्का
८) रोचन तामाङ
९) राम तामाङ
१०) कृष्ण भण्डारी
११) सुमन गुरुङ
१२) सुमन अग्रवाल
१३) सेमित सिलवाल
१४) सोदेल कार्की
१५) पक्न अग्रवाल
१६) पवित्र कुमार कार्की
१७) बलराम सापकोटा
१८) थाक तामाङ
१९) मुक्ति लामा
२०) शम्भू बुढाथोकी
२१) प्रेम थापा मगर
२२) बुद्ध लामा
२३) थम्कु शेर्पा
२४) लवाङ लामा

यो पनि पढ्नुहोस्ः
जुवाखाल प्रहरीको काब्जामा, २५ जना पक्राउ, दुई करोड ६७ लाख बरामद

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।