अशोक बुद्ध लामा
काभ्रे । रोशी गाउँपालिकाको अपांगता परिचय पत्र वितरण गर्ने दोस्रो दिन आज वडा नं. ११ मा वितरण गरेको छ । यस वडामा जम्मा २० जनालाई उक्त परिचयपत्र वितरण गरिएको वडा अध्यक्ष मिलन लामाले जानकारी दिए ।
वडा अध्यक्ष लामाका अनुसार घ वर्गको २ जना, ग वर्गको ८ जना, ख वर्गको ९ जना र क वर्गको १ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको छ ।
परिचयपत्र वितरण गर्न गाउँपालिका उपाध्यक्ष लक्ष्मी उप्रेति (बर्तौला)को नेतृत्वमा जनप्रतिनिधिहरु, कर्मचारीहरु पुगेका थिए ।
भोलि (२२ गते) रोशी–१० वाल्टिङमा वितरण कार्यक्रम रहेको महिला तथा बालबालिका शाखा प्रमुख प्रज्वाला राइले जानकारी दिइन् ।

यो पनिः

रोशीमा १२ नं. वडाबाट अपांगता परिचयपत्र वितरण शुरु, १७ जनालाई वितरण

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।