बनेपा । जिल्ला बाल क्लव सञ्जाल, काभ्रेको पाँचौ जिल्ला बाल भेला शनिबार बनेपामा सम्पन्न भएको छ । भेलाले गन्दिप गौतमको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले एक कार्यक्रमकाबीच भेलाको उद्घाटन गरेका थिए ।
भेलाले उपाध्यक्षमा सुवोध धिताल, सचिवमा भवानी दाहाल, कोषाध्यक्षमा शुभद्रा तिमल्सिना, सहसचिवमा सविता विक, सदस्यहरुमा सुजन सापकोटा, मालती कुँवर, रेणु थिङ, विनिता चिमौरिया, सञ्जु उप्रेती, मनोज राना, काजल लपलुङ्ुगे र सुदिना हुमागाईंलाई निर्वाचित गरेको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य चन्द्र लामा, बसुन्धरा हुमागाई, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, एसओएस बालग्रामका निर्देशक इश्वरी पौड्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, कृष्णचन्द्र आचार्य, संस्थापक अध्यक्ष निगम हुमागाई लगायतको सहभागीता रहेका थिए ।
यो पनि पढ्नुहोस्ः
’बालबालिकाहरुको जीवनको जिम्मेवारी अभिभावकहरुको हातमा‘ –मन्त्री बाँस्कोटा
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















