तेमाल । बौद्धनाथ (झ्यारुङ खस्योर)मा हुँदै आएको तेमाल जात्रा आ–आफ्नै घरमा मनाउन तेमाल गाउँपालिकाले अनुरोध गरेको छ । आज (शुक्रबार) गाउँपालिका अध्यक्ष सलामसिं तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त अनुरोध गरेका हुन् ।
अध्यक्ष तामाङले जारी गरेका प्रेस विज्ञप्तिमा भनिएको छः ‘विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण देश लकडाउनको अवस्थामा रहेकाले मिति २०७६ साल चैत्र २५ गते बौद्ध र चैत्र २६ गते स्वयम्भूमा हुने तामाङहरुको ऐतिहासिक तेमाल जात्रा–२०७६ आ–आफ्नो घरमा नै बसी बत्ति बाली पितृहरुको पूजा गर्नहुन सम्पूर्ण तेमाल जात्राका भक्तजनहरुमा हार्दिक अपिल गरिन्छ ।’
यस अघि बौद्धनाथ क्षेत्र विकास समितिले पनि यसपालीको तेमाल जात्रा स्थगित गर्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्ः

कोरोना भाइरसः तेमाल जात्रा स्थगित, पितृपूजाको लागि यस्तो छ अनुरोध

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।