काभ्रे । काभ्रे क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सांसद बमध्वज स्वास्थ्य सामग्री लिएर आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । आज (शनिबार) अत्यावश्यक स्वास्थ्य सामाग्री लिएर सांसद बमध्वज विभिन्न स्थानीय तहमा पुगेका हुन् ।

 

सांसद बमध्वज विभिन्न स्वास्थ्य सामाग्री लिएर नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र तेमाल गाउँपालिकामा पुगेका थिए । यतिखेर काभ्रे भरि नै पूर्व मन्त्री तथा काभ्रे क्षेत्र नं. २ का सांसद गोकुल बाँस्कोटा र बमध्वजको पहलमा स्वास्थ्य सामाग्रीहरु वितरणलाई तीब्र बनाएको छ ।

स्वास्थ्य सामाग्री वितरण गर्न पुगेको सांसद बमध्वजले कोरोना भाइरस (कोभिड–१९) को विरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरुको सुरक्षा पहिलो प्राथमिकतामा राख्नुपर्ने भएकोले स्थानीय तहहरुमा स्वास्थ्य सामग्री वितरण गरेको तेमाल अनलाईनलाई बताए । ‘स्वास्थ्यकर्मीहरु यतिखेलको लडाईंमा सबैभन्दा अग्रपंक्तिमा उभिएर लड्ने महान योद्धाहरु हुन् । सबैभन्दा पहिला हामीले उनको सुरक्षाको लागि सोच्नुपर्छ ।’ बमध्वजले भने, ‘त्यसैले स्वास्थ्यकर्मीहरुको लागि आवश्यक स्वास्थ्य सामाग्री हामीले केही न केही व्यवस्था गर्नुपर्छ भन्ने भएकोले यो व्यवस्था गरेका हौं ।’

यस अघि आफू र पूर्व मन्त्री समेत रहेका काभ्रे क्षेत्र नं. २ का सांसद बाँस्काटाले काभ्रे भरिको स्वास्थ्य सामाग्रीको अवस्था र आवश्यकताकोबारेमा बुझेको बताए ।
उनले राहत भन्दा पनि स्वास्थ्य सामाग्रीलाई आफूहरुले पहिलो प्राथमिकतामा राखेको बताए । ‘अहिले नै मेरो निर्वाचन क्षेत्रमा राहत बाँडिहाल्नुपर्ने अवस्था म देख्दिन । मैले गाउँपालिका र नगरपालिकाका प्रमुखहरुसँग बुझिरहेको छु ।’ बमध्वजले भने, ‘यदि कुनै पनि जनता दैनिक रुपमा गुजारा चलाउन समस्या मै परेको हो भने मलाई सिधै सम्पर्क गर्दा हुन्छ । म व्यवस्था गर्छु ।’ त्यसमाथि पनि सबै स्थानीय तहलाई समस्यामा परेकालाई सहयोग गर्न सरकारले बजेट उपलब्ध गराएको बताए ।

सांसदद्वय बाँस्कोटा र बमध्वजलले युवा संगठन र विद्यार्थी संगठन मार्फत सबै स्थानीय तहमा स्वास्थ्य सामाग्री पुगिसकेको अनेरास्ववियूका केन्द्रिय सदस्य तथा नकपा काभ्रे जिल्ला सदस्य जेनिश लामाले तेमाल अनलाईनलाई जानकारी दिए ।
कहाँ कति सामाग्री हस्तान्तरण भयो ?
रोशी गाउँपालिकालाई सर्जिकल मास्क २०० पिस, सामान्य मास्क ४ सय पिस, १२ पिस सेनिटाइजर र ३ पिस पिपिई हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य सामाग्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौलालाई हस्तान्तरण गरिएको थियो ।
त्यसैगरि तेमाल गाउँपालिकालाई साधारण मास्क ६ सय पिस, २०० मास्क, सेनिटाइजर १ सय २०, ८ थान पिपिई हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य सामाग्री तेमाल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकलाई हस्तान्तरण गरिएको थियो ।
त्यसैगरि नमोबुद्ध नगरपालिकालालई सर्जिकल मास्क ३ सय, साधारण मास्क ४ सय, १२ पिस सेनीटाइजर, १० थान पिपिई हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य सामाग्री नगर प्रमुख टिपी शर्मा तिमल्सिनालाई हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण गर्न नेकपा काभ्रेका नेताहरु इन्द्र तामाङ, जेनिश लामा, डिएम लामा, राकेश लामा, प्रदीप लामा, सार्कीमान लामा लगायत राष्ट्रिय युवा संघ काभ्रे जिल्लाका नेताहरु र अनेरास्ववियू, काभ्रेका नेताहरु पुगेका थिए ।
यो पनि पढ्नुहोसः

काभ्रेका स्थानीयतहमा सांसदहरु बाँस्कोटा र बमध्वजको स्वास्थ्य सामग्री

Comments

comments