१७ श्रावण २०७७
काभ्रे । माओवादी जनयुद्धको क्रममा घाइते भई हाल क्यान्सर पिडित नैनबहादुर तामाङ (जमिन)लाई काभ्रेका युवाहरुले आर्थिक सहयोग गरेका छन् । सिन्धुपलाञ्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ५ घर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत तामाङलाई काभ्रेका कम्युनिष्ट युवाहरुले आर्थिक सहयोग गरेका हुन् ।
क्यान्सर पीडित तामाङलाई नेकपा काभ्रेका युवा नेता दैवलाल घिसिङ (अनुशिल) लगायत भक्तपुरको सुर्यविनायकस्थित डेरामा नै पुगेर सहयोग रकम हस्तान्तरण गरेका छन् । घिसिङको पहलमा संकलन भएको १ लाख ९ हजार ६ सय ४५ रुपैयाँ पिडितलाई आज हस्तान्तरण गरेका हुन् ।

नेता घिसिङले पीडित तामाङ जनयुद्धको एक कुशल कमाण्डर भएको बताए । ‘अझ भनौं सयौं मोर्चामा सफलता पुर्वक लड्ने कम्पनी कमाण्डर हुन् ।’ नेता घिसिङले भने, ‘जनयुद्धमा मृत्युदेखि नडराई ज्यानलाई समेत हत्केलामा राखेर मोर्चा लड्ने तामाङ आज मृत्यु शैयाबाट जीवन मरणको संघर्ष गरिहेको छ, त्यसैले सकेको सहयोग सबैले गरौँ ।’
नेता घिसिङका अनुसार आजसम्म काभ्रेबाट नेकपा काभ्रेका नेताहरु विनोद गौतममार्फत् १ लाख ३२ हजार, भोला आर्याल मार्फत् १ लाख १० हजार गरी ३ लाख ५१ हजार ६ सय ४५ रुपैयाँ पीडितलाई बुझाइसकेको र अझै केही रकम बुझाउन बाँकी रहेको जानकारी दि ।
पीडितको उपचारार्थ रकम संकलन भइरहेको छ । क्यान्सर पीडित तामाङलाई उपचारमा आर्थिक अभाव भएपछि रकम संकलन गरिएको थियो ।
पीडीतको उपचारको लागि सहयोग रकम बनेपा नगरबाट नेकपाका नेता मोहन कुमार श्रेष्ठ र नारायण प्रसाद पौडेल, पाँचखाल नगरबाट नविन लामा र राजु दनुवार, राष्ट्रिय युवा संघका नेताहरु योगेन्द्र लामा, अभियान भण्डारी र विरेन्द्र लामाले संकलन गरेका थिए ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय युवा संघ काभ्रेका नेता योगेन्द्र लामा, अभियान भण्डारी, विरेन्द्र लामा, राजु दनुवार, नेकपा बनेपाका नेता मोहन कुमार श्रेष्ठ, नारायण प्रसाद पौडेल, पुर्व जनमुक्ति सेनाका कमाण्डर एंव पाँचखाल नगरका नेता नविन लामा, नेकपा नेता नारायण बाँनिया (दिपेश) लगायतको उपस्थिति रहेका थिए ।
यस अघि क्यान्सर पिडित तामाङलाई नेकपा अध्यक्ष प्रचण्ड, सभामुख अग्नीप्रसा सापकोटा, वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल लगायतका नेताहरुले भेटिसकेका छन् ।
पाँचखालबाट संकलन रकम
१, नविन लामा र एलिशा रु. ५०००।–
२, धन बहादुर तामाङ रु. ५०००।–
३, रमेश गिरी रु. ५०००।–
४, चन्द्र बहादुर लामा रु. २०००।–
५, हिराकाजी तामाङ रु. १०००।–
६, शिव अधिकारी रु. ५००।–
७, राज खड्गी रु. ५००।–
८, सन्तोष अधिकारी रु. ३००।–
९, पुरुषोतम लुइटेल रु. २०००।–
१०, रोश्ना तामाङ रु. २००।–
११, प्रेम धर्म स्मृति सहकारी संस्था रु. ३०००।–
१२, राजु दनुवार रु. १५००।–
१३, हरि गोपाल दनुवार रु. ३०००।–
१४, प्रकाश बुढाथोकी रु. २०००।–
१५, हरिराम खतिवडा (वडा अध्यक्ष) रु. १०००।–
१६, श्याम ठकुर रु. १०००।–
१७, राजकुमार चौलागाईं रु. ११००।–
१८, रमेश काफ्ले रु. ३०००।–
१९, सन्तोष दुलाल रु. २५००।–
२०, उज्वल अधिकारी रु. २०००।–
२१, केदार लुईटेल रु. ५००।–
२२, नवराज श्रेष्ठ रु. ५०००।–
२३, प्रमोद श्रेष्ठ रु. १०००।–
२४, रामचन्द्र श्रेष्ठ रु. १५००।–
२५, उद्धवराज गिरी रु. ५०५।–
बनेपा तथा अन्य स्थानबाट संकलन रकम
२६, रामचन्द्र भट्टाराई रु. ५०००।–
२७, सन्तोष थापा रु. २०००।–
२८, विमीस अर्याल रु. १०००।–
२९, राम प्रसाद दंगाल रु. २००।–
३०, माईला लामा रु. ५००।–
३१, कुमार प्रसाद दाहाल रु. ५००।–
३२, कमल प्रसाद कुइकेल रु. १०००।–
३३, पुर्ण ब्रज लामा रु. ५००।–
३४, होम बहादुर श्रेष्ठ रु. १०००।–
३५, निर कुमार श्रेष्ठ रु. १०००।–
३६, ध्रुब बहादुर श्रेष्ठ रु. ५००।–
३७, संगीत तामाङ रु. ५००।–
३८, बलराम घोरासइने रु. १०००।–
३९, विश्वराज काइराला रु. १०००।–
४०, मोख केसी रु. १०००।–
४१, बेनी बहादुर पाण्डे रु. १०२०।–
४२, राजकुमार श्रेष्ठ रु. १००५।–
४३, मोहन कुमार श्रेष्ठ रु. १०००।–
४४, नारायण पौडेल रु. ५००।–
४५, नवराज अधिकारी रु. २५००।–
४६, ज्ञानेन्द्र देवकोटा रु. २५००।–
४७, दैवलाल घिसिङ (अनुशिल) रु. १०००।–
४८, सुनिल तामाङ रु. ५००।–
४९, उमेश लामा रु. १०००।–
५०, कुमार लामा रु. १०००।–
५१, भिम बहादुर लामा (माइला) रु. १०००।–
५२, नारायण बानीयाँ (दिपेश) रु. १०००।–
५३, यज्ञ पन्त रु. २०००।–
५४, विकाश श्रेष्ठ रु. १०००।–
५५, इन्द्र श्रेष्ठ रु. ३०००।–
५६, अभियान भण्डारी रु. ५०००।–
५७, जित बहादुर थिङ रु. ५००।–
५८, बुद्ध तामाङ रु. ५००।–
५९, विरमान थिङ रु. ५००।–
६०, नुमा योञ्जन रु. ३१०।–
६१, भुवन कुमार सिंजाली रु. ३०००।–
६२, सुरेश सिंजाली रु. ५००।–
६३, शम्सेर राना मगर रु. ३०००।–
६४, मान बहादुर दर्लामी (सलन) रु. ५००।–्
६५, प्रकाश घलान रु. ५००।–
६६, योगेन्द्र लामा रु. ३०००।–
६७, लाक्पा लामा रु. २०००।–
६८, विरेन्द्र लामा रु. १०००।–
जम्म संकलन रकम रु. १०९६४५।–
यो पनि पढ्नुहोस्ः

गणतन्त्रको लागि जनयुद्ध लड्ने कुशल कमाण्डर जीवनको भिख मादै

क्यान्सर पिडित जनयुद्धका घाइते तामाङलाई सहयोद्धको सहयोग

Comments

comments