तेमाल । काभ्रे जिल्लाको तामेल गाउँपालिकामा कोरोना भाइरस विरुद्ध खोप अभियान जारी राखेको छ । आज (सोमबार) वडा नं. ९, मैनाजाङमा खोप लगाएको छ ।
वडा नं ९ को मैनाजाङ स्वास्थ्य इकाईमा भएको खोप कार्यक्रममा ६५ वर्ष माथिका ८९ जना ज्येष्ठ नागरिकहरूले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले जानकारी दिए ।
पाठकका अनुसार खोप कार्यक्रममा उत्साहजनक ढङ्गले ज्येष्ठ नागरिकहरू सहभागी भएका छन् ।
खोप कार्यक्रममा वडा अध्यक्ष चन्द्रबहादुर लामा, वडा सदस्य टेकबहादुर लामा, वडा सचिव पवन ओली लगायतका सहभागी थिए ।
भोलि वडा नं. ६ को ठूलोपर्सेल स्वास्थ्य चौकीमा खोप दिने कार्यक्रम रहेको छ ।
यो पनि……
तेमालमा कोभिड–१९ विरुद्ध खोप अभियानः पहिलो दिन ११९ जनाले लगाए खोप
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















