काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्न व्यवसायीहरुले एकैदिन २५ लाख ४ हजार ३ सय ९७ रुपैयाँ सहयोग गरेका छन् । गाउँपालिकाले जनस्तरबाट आफ्नै अक्सिजन प्लान्ट निर्माणको लागि गाउँबासीमा अपिल गरेसँगै यति धेरै रकम एकै दिन जम्मा भएको हो ।

गाउँपालिका अध्यक्ष दिननाथ गौतमका अनुसार चौंरीदेउराली गाउँपालिकाका उपलब्ध निर्माण ब्यवसायी तथा सप्लायर्सहरुको संक्षिप्त बैठकमा सहयोगको घोषणा गरेका गरेका थिए । गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजनसँगै चौंरीदेउरालीबासी प्लान्ट निर्माणका लागि एकताबद्ध भएका छन् ।

सोही अनुसार गाउँबासीले सहायेग गर्ने क्रम जारी रहेको अध्यक्ष गौतमले जानकारी दिए । सहयोग गर्ने सबैलाई आभार प्रकट गर्दै गाउँपालिका अध्यक्ष गौतमले धन्यवाद समेत ज्ञापन गरेका छन् ।

यस्तो छ सहयोग विवरणः
१. श्री राम बहादुर गौतम वडानं ५ बाट  ११ लाख ११ हजार १ सय ११ रुपैयाँ
२. श्री मकुन्द गौतम वडानं ५ बाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ
३. श्री राजेश गौतम वडानं ५ बाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ
४. श्री अकुर गौतम वडा नं. ६ बाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ
५. श्री प्रल्हाद चौंलागाई वडा नं. ५ बाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ
६. श्री राजकुमार बुढाथोकी वडा नं. ५ बाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ
७. श्री उपेन्द्र घिसिङ वडा नं. ३ बाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ
८. श्री मिनप्रसाद गौतम वडा नं. ४ बाट १ लाख १५ हजार ५ सय १५ रुपैयाँ
९. श्री माधव गौतम वडा नं. ५ बाट १ लाख १३ हजार रुपैयाँ
१०. श्री रविन गौतम वडा नं. ५ बाट ११ हजार १ सय १११ रुपैयाँ
११. श्री प्रदिप गैतम वडा नं. ४ बाट ५५ हजार ५ सय ५५ रुपैयाँ
१२. श्री सुदिप गौतम वडा नं. ४ बाट ५५हजार ५ सय ५५ रुपैयाँ
१३. श्री गोकुल गौतम वडा नं. ६ बाट ५१ हजार १ सय ११ रुपैयाँ
१४. श्री सोना लामा वडा नं. ८ बाट ५१ हजार १ सय ११ रुपैयाँ
१५. श्री रत्न ढकाल प्रदेश माननीय वडा नं. ५ बाट ५१ हजार रुपैयाँ
१६. श्री प्रेम कु।चौलागाई वडा नं ४ बाट ३३ हजार ३ सय ३३ रुपैयाँ
१७. श्री कृष्ण कुमार गौतम वडा नं. ४ बाट २५ हजार रुपैयाँ
१८. श्री बिदुर गौतम (बुद्धि) वडा नं. ५ बाट २१ हजार १ सय ११ रुपैयाँ
१९. श्री जित राम लामा वडा नं. ७ बाट २१ हजार रुपैयाँ
२०. श्री तेज पन्त वडा नं. ६ बाट ११ हजार १ सय ११
२१. श्री विष्णु चौंलागाई वडा नं. ३ बाट ११ हजार १ सय ११ रुपैयाँ

यो पनि पढ्नुहोस्ः

चौंरीदेउरालीले अक्सिजन प्लान्ट निर्माणको लागि रु. १० लाख विनियोजन, अध्यक्ष गौतमद्वारा गाउँवासीमा सहयोगको अपिल 

चौंरीदेउरालीमा अक्सिजन प्लान्ट निर्माणको लागि सहयोग जुट्दै, चौंलागाईंद्वारा ५ लाख सहयोग

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।