काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नं. १०, दोलालघाटका वडा सदस्य मनोज श्रेष्ठ र स्थानीय अनिल पोटेले स्वास्थ्यकर्मी माथि दुव्र्यबहार र कुटपिट गरेका छन् । कोभिड–१९ को दोस्रो मात्रा खोप लगाउन दोलालघाट स्वास्थ्य इकाई केन्द्रमा खोप लगाउन पुगेका स्वास्थ्यकर्मी माथि दुव्यबहार गरेका हुन् ।
वडा सदस्य श्रेष्ठले फरक लक्षि समूहलाई खोप लगाउन स्वास्थ्य कर्मीलाई दबाब दिएकार र स्वास्थ्यकर्मीले नमानेको भन्दै दुव्यबहार गरेको प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालले जानकारी दिएका छन् ।
अर्यालका अनुसार श्रेष्ठले खोप लगाउन अवरोध गर्दै खोपको रेकर्ड फाइल च्यात्ने, स्वास्थ्यकर्मीलाई गालीगलौज गर्ने, हातपात गर्ने गरेको छ । उनले श्रेष्ठलाई कानूनी कारबाहीको माग गरिएको छ ।
पोटेले भुम्लु–१० स्थित दोलालघाट स्वास्थ्य एकाइका अहेब हितेशकुमार मण्डललाई बुधबार ८ नं वडास्थित दुलालेश्वर माध्यमिक विद्यालयमा खोप लगाइरहेको अवस्थामा कुटपिट गरी अन्य स्वास्थ्यकर्मीलाई गालीगलौज गरेकाले कानुनबमोजिम कारबाहीका लागि गाउँपालिकाद्वारा बिहीबार दिइएको लिखित निवेदनमा जनाइएको छ ।
स्वास्थ्यकर्मी मण्डललेसमेत आफूमाथि हातपात गरी भ्याक्सिन फ्याँकीदिन्छु भन्दै पटक–पटक धम्क्याउने वडा सदस्य श्रेष्ठ र स्थानीय पोटेलाई कारबाहीको माग गर्दै गाउँपालिकासमक्ष निवेदन पेश गरेका छन् ।
श्रेष्ठ र पोटेले आफूलाई फरक लक्षित समूहलाई खोप लगाउन दबाब दिँदै गालीगलौज गरी हातपात गर्ने प्रयास गर्दा स्थानीयवासीले छेकेका र खोप दर्ता रजिष्ट्रर च्यातेको मण्डलले जानकारी दिए ।
‘वडा सदस्यले मलाई लक्षित समूहबाहेकलाई खोप लगाउन बारम्बार दबाब दिँदै आउनुभएको थियो, त्यस दिन कुटपिट गर्न खोज्दै खोपको दर्ता रजिष्ट्रर नै च्यातिदिनुभयो ।’ मण्डलले भने, ‘स्थानीयवासीले नछेकेको भए म जनप्रतिनिधिबाट कुटिने थिएँ ।’
यस अघि पनि वडा सदस्य श्रेष्ठले स्थानीय बृद्ध महिलालाई अस्लील शब्द प्रायोग गरि कुटपिट र लागीगलौज गरेका थिए ।
यो पनि पढ्नुहोस्ः
काभ्रेमा जनप्रतिनीधीद्वारा गरियोे वृद्धामाथि दुर्ववहार (अडियो सहित)
वडा सदस्य मनोज श्रेष्ठले स्थानीय महिलालाई यस अघि पनि यसरी धम्क्याएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















