तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारमा ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
तेमाल गाउँकार्यपालिकाको शुक्रबार (पौष १३ गते) बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता ज्ञानबहादुर मोक्तानले बताएका छन् । बैठकले गरेको निर्णय अनुसार आगामी माघ २१, २२ र २३ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
केन्द्र सरकारले विभिन्न आदिवासी जनजातिहरुको धार्मिक, साँस्कृतिक पर्वहरुको विदा कटौति गरेपनि तामाङ समुदायको बाहुन्यताका कारण ३ दिन सार्वजनिक विदा दिएको प्रवक्ता मोक्तानले तेमाल अनलाईनलाई बताए ।
‘यहाँ तामाङ समुदाय जसले सोनाम ल्होछारलाई आफ्नो साँस्कृति पर्वको रुपमा मनाउछन्, तिनीहरुको बाहुल्यता छ ।’ प्रवक्ता मोक्तानले भने, ‘यसको मतलब अरु समुदायको पर्वलाई बेवास्त गर्ने भन्ने पनि होइन, सरकारको नजरमा सबै धर्म, भाषा, संँस्कृति, समुदाय समान हुन् ।’
करिब ८३ प्रतिशत तामाङ समुदाय रहेको तेमालमा गाउँपालिकाले ३ दिन सार्वजनिक विदा दिएपछि तामाङ समुदाय खुशी भएकाछन् । यस अघि सोनाम ल्होछारमा रोशी गाउँपालिकाले पनि तीन दिन सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ ।
यो पनि पढ्नुहोस
रोशी गाउँपालिकाको निर्णयः सोनाम ल्होछारमा ३ दिन विदा
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।